23.1 C
Damauli
September 17, 2026
Tanahun Awaj
समाचार

कोभिड प्रतिकार्य समन्वय वैठक

सेवर/नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाले सर्वज्योति माध्यमिक विद्यालयमा बुधबार समन्वय वैठक सम्पन्न गरेको छ ।
आगामि दिनमा कोभिड–१९ को संक्रमण फैलिन सक्ने अवस्थाप्रति सजगता अपनाउँदै कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तरगत कार्यक्रम लागू क्षेत्रको उपशाखा र सरोकारवालाहरुसंग को समन्वय वैठक सम्पन्न भएको हो ।
रेडक्रस तनहुँका सभापति कृष्णहरि वाग्लेको सभापतित्वमा भएको सो कार्यक्रमलाई उपसभापति ऋषिराम पोख्रेल, सदस्य रामदत्त पौडेल, सर्वज्योति माविका प्रधानाध्यापक वडा सदस्य पतिमायाँ दरै, दुम्सीकोट उपशाखाका सभापति इश्वर पौडेल, नेरेसो तनहुँका बरिष्ठ शाखा विकास अधिकृत शिवकाजी पिया, सर्वज्योति आमा समूहकी अध्यक्ष भूमादेवी खड्का लगायतले कार्यक्रमको बारेमा आ–आफ्नो धारण राखेका थिए ।
कार्यक्रमका फोकल पर्सन रघुनाथ पण्डितले कार्यक्रमले समेट्ने क्षेत्र, बजेटको बारेमा प्रकाश परेका थिए ।
कार्यक्रमका सहभागिहरुले समुदाय तथा विद्यालयका विद्यार्थीमा देखिएको आत्महत्यालाई कार्यक्रम कसरी सम्बोधन गर्दछ भनेर जिज्ञासा राखेका थिए । त्यसै गरी कोडिभ प्रभावितलाई जस्तै विपन्नलाई कार्यक्रमले सहयोग गर्दछ कि गर्दैन, मनोसामाजिक परामर्शको अभिमुखीकरणमा दुम्सीकोटलाई पनि सहभागि गराउनु प¥यो, लैगिंक हिंसामा जस्तै घरेलुहिंसालाई कार्यक्रमले कसरी सम्बोधन गर्दछ जस्ता जिज्ञासाहरु सहभागिहरुले राखेका थिए । ति जिज्ञासा मेटाउने काम सभापति कृष्णहरि वाग्लेले गरेका थए ।

Related posts

आफ्नै बचनबाट पछि हटे राष्ट्रपति

admin

भिमादमा इलाका प्रशासन

admin

न्यौपानेको अशून्यम् लोकार्पण

admin