22.5 C
Damauli
September 17, 2026
Tanahun Awaj
समाचार

सामुदायिक भवन उद्घाटन

दमौली/गल्बुबेसी टोल सुधार आमा समूहले निर्माण सम्पन्न गरेको सामुदायिक भवनको व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यमा समुद्घाटन सम्पन्न भएको छ ।
शनिबार गल्ुबबेसीमा आयोजित कार्यक्रममा सामुदायिक भवनको उद्घाटन गर्दै नगर प्रमुख न्यौपानेले आमा समूहले सामुदायिक भवन निर्माण गर्नाले विभिन्न भेला तथा बैठकहरु आयोजना गर्न सहज भएको विश्वास व्यक्त गर्दे स्थानीय निकायको निर्वाचन आएको र आम मतदाताले जनप्रतिनिधिका कामको मूल्याङ्कन गर्ने बेला आएको बताए ।
आमा समूहकी अध्यक्ष कृष्ण दुराको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै नगर उपप्रमखु मिरा जोशीले विभिन्न आन्दोलनहरुले महिलालाई सशक्त बनाउँदै लगेको उल्लेख गर्दै अहिलेका महिला सक्षमताका हिसाबले पुरुष भन्दा कम नरहेको बताईन् ।
कार्यक्रममा बोल्दै वडा नं १ का वडाध्यक्ष खरसिँ दरैले विकास निर्माणका काममा लागत सहभागीता रहँदा अपनत्व हुने र त्यसले धेरै काम हुनुका साथै टिकाउ समेत हुने भएकाले आगामी दिनमा लागत सहभागिताका आधारमा काम गर्ने कुरामा टोल तथा आमा समूहरु अग्रसर हुनुपर्ने बताए ।
कार्यक्रममा व्यास १ का न्यायिक समितिका संयोजक धनराज हड्खले, छाब्दी टोलविकास संस्थामा सल्लाहकार नरायण गिरी, मालेबगर टोल विकास संस्थाका अध्यक्ष बाबुराम पोखरेल, व्यास १ कि महिला सदस्य राधिका थापा, छाब्दी प्रवेशद्वार टोल विकास संस्थाका लेखा संयोजक कश्यपराज जमरकट्टेल तथा सोही संस्थाका सचिव रामजी तिमल्सििनाले शुभकामना मन्तव्य राखेका थिए ।
टोलविकास संस्थाकी अध्यक्ष गंगादेबी गुरुले स्वागत गरेको कार्यक्रममा १०८ वर्षिय जेष्ठ नागरिक शान्ति खड्का, ९१ वर्षका विष्णुप्रसाद आचार्य तथा ८८ वर्षिय जेष्ठ नागरिक गंगाबहादुर गुरुङलाई सम्मान गरिएको थियो । समूहकी कोषाध्यक्ष सिता गोदारका अनुसार सामुदायिक भवन व्यास नपा तथा वडा नं १ को सात लाख सहयोगका अतिरिक्त विभिन्न दाताहरुको सहयोगबाट १६ लाख ६१ हजार ६६० रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।
भवन निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको उट्घाटन कार्यक्रमको सञ्चालन समूहकी सचिव प्रभा मिश्रले गरेकी थिइन् ।

Related posts

कांग्रेस केन्द्रको निर्णयः निर्वाचनमा तालमेल-बैठकमा कांग्रेस नेताहरुको बाझाबाझ

admin

विष्णु माझीको तीज गीत “बलमा” लोकप्रिय बन्दै

admin

गल्बुबेसीमा बालक्लब

admin