28.1 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

आसन्न स्थानीय तह निर्वाचन केन्द्रित दौडाहमा नेताहरु जोशीको पाँचौ चरण सार्वजनिक

दमौली/स्थानीय तहको निर्वाचनको मिति नजिकिए संगै सबै दलका नेताहरु चुनावी परिणाम आफ्नो पक्षमा पार्न जनतालाई भेटघाट गर्न गाऊँ प्रवेशको चटारो देखिन्छ । काँग्रेस नेता गोविन्दराज जोशीले निरन्तर पाँचौ चरणको जनता भेटघाटलाई फरक तर प्रभावकारी कार्यक्रम दिएर जिल्लामा व्यस्त रहन थालेपछि बाँकी सबै नेताहरु पनि जिल्लामा व्यस्त रहन थालेका
छन् ।
नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल, शंकर भण्डारी, ध्रुब वाग्ले, रामचन्द्र पोखरेल, गोविन्द भट्टराई, प्रदीप पौडेल समेतका नेताहरु जिल्लामा व्यस्त देखिएतापनि नेपाली काँग्रेसको टोल समिति गठन गर्दा गुटगत चासोलाई प्राथमिकतामा राखेको देखिन्छ । ‘घर घर जाउँ, काँग्रेसलाई जिताऔं’ अभियान चलाउने निर्णय गरेको काँग्रेसले टोल समिति गठन गर्दा देखाएको फरक गुटकालाई सुईको समेत नदिई टोल समिति गठन गर्ने गुटगत संकृणताले आगामि निर्वाचनमा काँग्रेसको अस्तित्व संकटमा पर्ने संकेत गरेको छ ।
कूसल संगठकको पहिचान बनाएका काँग्रेस नेता गोविन्दराज जोशीले पाँचौ चरणको अभियानलाई सार्वजनिक गरेर काँग्रेस नेतृत्वलाई थप चुनौति दिएको देखिन्छ ।
नेता जोशीको पाँचौ चरणको कार्यक्रम चैत्र ६ गतेबाट १२ गतेसम्म तनहुँ केन्द्रित रहेको छ । जनता भेटघाटलाई पाँचौ चरणसम्म प्रभावकारी ढंगबाट अगाडि बढाएका जोशीले पहिलो दिन दमौलीमै भेटघाट चलाएर वार्ता समितिलाई क्रियाशिल तुल्याउने बुझिएको छ । त्यसैगरी ७ गते ढोरफिर्दी पुगेर सवारी दुर्घटनामा परी आईतवार ज्यान गुमाएका काँग्रेस नेता रुद्रबहादुर सेनप्रति श्रद्धाञ्जली अर्पण गर्ने र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्ने कार्यक्रम रहेको छ । लगत्तै निर्वाचन क्षेत्र २ को स्थानीय निर्वाचन वार्तासमितिले दुलेगौंडामा आव्हान गरेको बैठकमा आतिथ्यता ग्रहण गर्ने कायक्रम रहेको संयोजक गोपालप्रसाद भण्डारीले बताए । त्यसपछि बेलबासको कार्यक्रममा सहभागि हुने कार्यक्रम रहेको छ । ८ गते बर्लाची र सत्रसयमा आयोजित जनता भेटघाटमा सहभागि हुने कार्यक्रम रहेको छ । ९ गते भानु नगरपालिकाको मानेचौकामा आयोजित जनता भेटघाटमा आतिथ्यता गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी १० गते बन्दिपुर, आँबुखैरेनी र देवघाटका संयुक्त कार्यक्रम साराङघाटमा र ग्याँझाटारमा भेटघाट हुनेछ । त्यसैगरी ११ गते आँबुखैरेनीको हिलेखर्कमा, १२ गते दमौलीमा समिक्षा सकेर काठमाण्डौ फर्कने कार्यक्रम रहेको छ ।

Related posts

गण्डकी प्रदेशको प्रशासनिक पुनर्संरचना: नौ कार्यालय खारेज, वार्षिक झण्डै ५० करोड वचत

admin

बीसौं अधिवेशनबाट तनहुँ बारमा सर्वसम्मत नयाँ नेतृत्व

admin

यि दुइ कर्मयोगी प्रधानाध्यापकः

admin