22.8 C
Damauli
October 27, 2026
Tanahun Awaj
समाचार

खुल्ला हाफ म्याराथन सम्पन्न

दमौली/११२औं महिला दिवसको अवसर पारेर व्यास नगरपालिकाले फागुन २४ गते दोस्रो व्यास नगर महिला खुल्ला हाफ म्याराथन प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा सशस्त्र प्रहरी बलमा कार्यरत कान्छीमायाँ कोजुले प्रथम स्थान हासिल गरेकी छन् । नेपाल प्रहरीमा कार्यरत रेखा बलमे द्वितिय स्थान, भानु माविका छात्रा नम्रता गुरुङ्गले तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्नेमा सन्ध्या अधिकारी, यमुना थापा, शुष्मा पुन, लक्ष्मी मानन्धर, गंगा कुमाल रहेका छन् । प्रतियोगितामा ४३ जना धावकले प्रतिष्पर्धा गरेका थिए । दमौलीदेखि तनहुँसुरसम्मको २१ किलोमिटर दुरीको दौड पार गरेर प्रतियोगितामा विजेता बनेका थिए ।

Related posts

विदेशी सिएले कर छुट बजेट बनाएको आशंका दुई अमेरिकी विमान आएको चर्चाले आतंकित नेपाल

admin

ज्वालाखोला मोटरेबुल पुल उद्घाटन

admin

सुरुवातीको नौ बर्षपछि धाराबाट पानी, सबै उपभोक्ताको धारामा पानी पुग्न अझै समय लाग्ने

admin