Tanahun Awaj
समाचार

आज विश्व वातावरण दिवसप्लास्टिक प्रदूषण अन्त्य गर्न आग्रह

रमेश विकल
आज संसारभर प्लास्टिक प्रदूषण विरुद्ध एकजुट भई यसका कारण हुने प्रदूषणको अन्त्य गर्न विश्व समुदायलाई आग्रह गर्दै विश्व वातावरण दिवस मनाईँदैछ । गणतन्त्र कोरियाले यो दिवसको विश्वव्यापि कार्यक्रम आयोजना गर्दैछ ।
विश्वभर हरेक वर्ष झण्डै चार खर्ब टन प्लास्टिक उत्पादन हुने तर त्यसको आधा मात्र पुनः प्रयोग गर्न मिल्ने खालको प्लास्टिक हुने गर्दछ । कुहिन दशक वा शताब्दीसम्म लाग्ने र वातावरणलाई प्रदूषित बनाउने भएकाले विश्व समुदायलाई प्लास्टिक टाउको दुखाइको विषय बनेको छ ।
पछिल्ला वर्षहरुको वातावरण दिवसमा प्लास्टिकको प्रयोगमा कमि ल्याउने विषयलाई प्राथमिकतामा राखेर उठाउने गरिएको भएपनि प्लास्टिको प्रयोगमा कमि आएको छैन । हामीले आफैलाई प्लास्टिकको प्रयोग कम गर्ने के गरेका छौं भनेर सोध्ने हो भने चित्त बुझ्दो जवाफ छैन । प्लास्टिको झोलाको सट्टा कपडाको झोला प्रयोगमा ल्याउन सक्छौं । प्लास्टिकको कप वा थालको सट्टा स्टिलको कप वा थाल प्रयोग गर्न सक्छौं तर त्यता हाम्रो ध्यान जान सकेको छैन ।
वातावरण प्रदूषण कै कारण पृथ्वी तात्तिँदै जाँदा उत्तरमा चाँदी झै टल्कने सेतो हिमाल कालो देखिन थालेको छ भने कहिले खडेरी परेर मानिस प्यासले आकुल व्याकुल हुने गरेका छन् त कहिले अतिवृष्टिको कारण मानिसको उठिबास हुने गरेको
छ । प्रदूषणले पृथ्वीको सन्तुलनमात्रै खल्बलिएको छैन, विभिन्न महामारी, प्रकोप र प्रलय देखा परिरहेका छन् ।
प्लास्टिकको प्रयोग कम गरेर वातावरण संरक्षणमा थोरै भनेपनि योगदान गर्ने हेतुले व्यास नगर पालिकाले नगरभित्र प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाउन खोज्दा व्यापारीहरुले असहयोग मात्र गरेनन् प्रतिवादमा नै उत्रिए । यसले आम मानिसमा प्रश्न उब्जाएको छ,आफ्नै स्वास्थ्यमा अत्यन्त प्रतिकुल असर पार्ने प्लाष्टिकको प्रयोगमा लगाउन खोजीएको प्रतिबन्ध किन व्यापारीका लागि मान्य भएन ?
स्वच्छ वातावरणको हकलाई नेपालले मौलिक हकको रुपमा व्याख्या गरेको भएपनि आम मानिसले स्वच्छ वातावरणमा रहन पाउने अवस्था छैन । हाम्रा नदीनाला र पाखा पखेरा प्लाष्टिकले भरिभराउ भएका
छन् । यत्रतत्र प्लाष्टिकको राज
छ । घरमा प्लाष्टिक, अफिसमा प्लाष्टिक, होटलमा प्लाष्टिक, पसलमा प्लाष्टिक ।
यसपटक विश्व वातावरण दिवसको नारालाई सार्थकता दिन र आफ्नै अस्तित्व रक्षाका लागि हामीले प्लास्टिको प्रयोग अन्त्य गर्ने प्रतिवद्धता जनाउनु अनिवार्य भएको छ । रमेश विकल

यसपटक विश्व वातावरण दिवसको नारालाई सार्थकता दिन र आफ्नै अस्तित्व रक्षाका लागि हामीले प्लास्टिको प्रयोग अन्त्य गर्ने प्रतिवद्धता जनाउनु अनिवार्य भएको छ ।

Related posts

अदालतले बोलायो पत्रकार

Deepak Joshi

मलेसियासंग सम्बन्ध सुधारमा सक्रियता

admin

निराशाका नौ महिना

admin