Tanahun Awaj
समाचार

घाँसीकुवा सभापतिमा पन्थ

देउराली/नेपाल रेडक्रस सोसाईटी घाँसीकुवा उपशाखाको शनिवार सम्पन्न छैटौ अधिवेशनले आगामि दुई बर्षको लागि राधाकुमारी पन्थको सभापतित्वको नयाँ नेतृत्व चयन गरेको छ ।

नेपाल रेडक्रस सोसाईती तनहूँ शाखाका उपसभापति एवं निर्वाचन अधिकारी ऋषिराम पोख्रेलको प्रमुख आतिथ्यतामा भएको सो अधिवेशनमा विशिष्ठ अतिथि व्यास–१३ का वडाध्यक्ष तोत्रबहादुर कुँवर, नेरेसो गण्डकी प्रदेश प्राथमिक उपचार संयोजक कृष्णचन्द्र पाण्डे, समाजसेवी वेदनाथ कैनी, पूर्व सभापति रुद्रनिधि नैनावस्ती, इनकन खनाल लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सभापति दुर्गानिधि लोहोनीको सभापतित्वमा भएको छैटौ अधिवेशन तथा २४ साधारण सभाले संस्थाको लेखापरिक्षण प्रतिवेदन तथा प्रगति प्रतिवेदन अनुमोदन गरेको थियो । कार्यक्रमको सञ्चालन सदस्य रामजी लामिछानेले गर्नुभएको थियो भने स्वागत विशिष्ठ सदस्य रामराज न्यौपानेले गर्नुभएको
थियो ।

Related posts

गुरु पूर्णिमा व्यासको विदा

admin

राजनीतिक भूमरीमा फस्यो सत्यवती प्रअ प्रकरण

admin

सत्तागमनसंगै कांग्रेसमा बढ्दै किचलो: बहिर्गमन, गठबन्धन र महाधिवेशनमा मतभेद

admin