23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
साहित्य

गजल

रामकुमार श्रेष्ठ “फुच्चे” सुर्यपाल, लमजुङ
हाल –दमौली

आजकल ढिलो गरिकन ऊठ्छे बुहारी ।
ऊठ्ना साथ फेसबुक तीरै जुट्छे ।।

सभ्यताको कुरै छाड सद्भाव छैन कसैप्रती,
परको रिस घरमा बच्चा कुट्छे बुहारी ।

हिजोसम्म माया थियो खुसि थिए सबैसबै,
त्यै घरको अस्तीत्व लाई लुट्छे बुहारी ।

घाँसदाऊरा मेलापात पानी अनि पधेरीमा,
साथी संगी जुटि सक्दा छुट्छे बुहारी ।

मान मर्यादा सिकाऊदा सासू अगतीली,
तिम्लाई के थाहा थालैमा हात चुठ्छे बुहारी ।

Related posts

म त मलामी हिँडेको

admin

नारी

admin

गजल : आदत

admin