24.7 C
Damauli
September 16, 2026
Tanahun Awaj
Uncategorized

गजल

रामकुमार श्रेष्ठ “फुच्चे” सुर्यपाल, लमजुङ
हाल –दमौली

प्रेम गर्नेहरु किन यता उता मन डुलाऊछन्
न त फक्राउछन नै न त फुल झै फुलाऊछन्

बेला आउदा बिरालो पनि बाघ जस्तै लाग्ने,
कोआफ्नो कोबिरानो अनि संसार भुलाऊछन ।

मुखले त जीवन भर सगै हुन्छु भन्छन र पो,
क्षण भरमै गिर्ने गरि शिखर चुलाऊछन् ।

रुप हेरि नजीक हुने पनि अचम्मका हुन्छन,
थाहा छैन बास्तवीकता खै कैले खुलाऊछन् ।

रातोगुलाव थमाएर भट्टि छिर्दै गर्दा भनियो,
जमाना फेरियो प्यारा सबै यसैगरी झुलाऊछन् ।

Related posts

संघर्षको प्रतिफल ओरालोतर्फ लाग्यो

admin

रोकियो एसईई र कक्षा १२ को परीक्षा

admin

रोटर्याक्टको पत्रकार सम्मान तथा अन्तरक्रिया

admin