24.7 C
Damauli
September 16, 2026
Tanahun Awaj
समाचार

तेस्रो चरणको क्षेत्र भ्रमण सकेका जोशी थप उत्साही

दमौली/नेपाली का“ग्रेसका नेता गोविन्दराज जोशी तेस्रो चरणको क्षेत्र नं १ को भ्रमण सकिनै लाग्दा निक्कै उत्साही देखिनु भएको छ ।
पुसको २४ गते दमौलीका पत्रकार माझ प्रस्तुत हुनु भएका जोशीले १८ बर्षसम्म जनताको कामबाट आफूलाई विमुख पारिदा जनता वेसाहारा भएको जनताकै मुखबाट सुन्दा अन्तिम पटक पाँच बर्ष जनताको सहारा बन्नका लागि आफूले संघीय निर्वाचनमा उम्मेदारी दिने जोशीले बताउनु भयो । नेपाली काँग्रेसलाई संगठित देखाउन नेतृत्वले पार्टीका सबै कार्यकर्तालाई विना पूर्वाग्रह समेटेर पालिका निर्वाचनमा उम्मेवार चयन गर्नु पर्ने नेता जोशीको स्पष्ट दृष्टिकोेण थियो ।
काँग्रेस नेतृत्वले सबै कार्यकर्ता बीच समझदारी कायम नगरी काखा र पाखाका आधारमा उम्मेवार चयन गरे ती कार्यकर्ताको भावनाको संरक्षण राष्ट्रीय नेटवर्क भएको वि.पी. विचार समाजले गर्ने नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको दृढोक्ति थियो ।
तनहूँमा पनि दशैवटा पालिकामा वि पी विचार समाजको नेटवर्क रहेको चर्चा गर्दै नेता जोशीले भन्नु भयो– नेपाली काँग्रेसको नेतृत्वले आफ्नै कार्यकर्ताको उपेक्षा र अपमान गरे वि. पी. विचार समाजले संरणक्ष र कदर गर्ने धारणा पत्रकारका माझ राख्नु भयो ।
गोविन्दराज जोशी विरूद्धको कारवाही फिर्ता गर्ने हल्लालाई कार्यकर्तामा भ्रम सिर्जना गर्ने अर्को षडयन्त्रको संज्ञा दिदै उहाँले भन्नुभयो, ‘काँग्रेसको १४औं अधिवेशन संगै कारवाही फिर्ताको औचित्य पनि समाप्त भयो ।’
नेपाली काँग्रेस सहित सबै पार्टीसंग सहकार्यको विकल्प खल्ला राखेर दशैवटा पालिकामा उम्मेदवार छनौट गर्ने तनहूंको दुवै निर्वाचन क्षेत्रमा वार्ता समिति बनेको नेता जोशीले बताउनु भयो ।
निर्वाचनहरू रेडक्रश, उद्योग बाणिज्य संघ, शिक्षक संघ, खानेपानी समेतमा तपाँईको भूमिका निर्णायक देखियो । के शक्ति छ तपाँईमा त्यस्तो ? भन्ने पत्रकारको जिज्ञासामा जोशीले भन्नु भयो– ‘काँग्रेस नेतृत्वको अकर्मण्यता नै मेरो लागि अनुकूल परिस्थिति बन्न पुगेको हो ।’
तपाँईलाई साथ दिएका साथीहरू त छोड्दै हिड्न थालेनी भन्ने पत्रकारको जिज्ञासामा बोटेको उदाहरण दिएर ठट्टेउलो मुडमा प्रस्तुत भएका जोशी तत्कालै गंभिर हुदै भने ‘राजनीति कठिन यात्रा हो । निस्वार्थ भावनाबाट मात्रै हिड्न सकिन्छ । स्वार्थ पुरा गर्ने सोंच राखेर मसंग हिडेकाहरू पुरा भएपछि छोडे । तर मेरो विचार दृष्टिकोण र कर्मबाट प्रभावित साथीहरू म घटेको होईन अझै बढेको देखेको छु ।’

Related posts

सतीले सरापेको देश

admin

जेसिआईलाई पूर्णता दिइयो

admin

समाजले मनायो ४१औं स्मृति दिवस

admin