Tanahun Awaj
समाचार

राष्ट्रिय माविको ५९औं बार्षिकोत्सव


रुपाकोट/राष्ट्रिय माध्यमिक विद्यालय रुपाकोटको ५९औं बार्षिकोत्सव तथा २३औं अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले रोजगार मुलुक शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।
रोजगारमुलक शिक्षा नहुँदा राज्यले शिक्षा क्षेत्रमा गरेको लगानी औचित्यहीन भएको पूर्वमन्त्री भण्डारीको रहेको छ । सो कुरा पूर्वमन्त्री भण्डारीले भानु नगरपालिका वडा नं ११ रुपाकोट स्थित राष्ट्रिय माध्यमिक विद्यालयको ५९ औं वार्षिकोत्सव तथा २३ औं अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा बताएका हुन् । साथै पूर्वमन्त्री भण्डारीले मुलुकलाई सहि दिशामा लैजाने जनताले कांग्रेसलाई साथ दिनुपर्ने भण्डारीको भनाई थियो । जिल्लाको विकासका लागि आफू हिजो पनि लागि परेको र भोली पनि लाग्ने पर्ने समेत पूर्वमन्त्री भण्डारीको भनाई थियो ।
बार्षिकोत्सवलाई नेपाली काँग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ लगायतका अतिथिहरुले शुभकामना मन्तबय राख्नु भएको थियो ।

Related posts

नेता शेखरप्रति तनहुँ काँग्रेस कार्यकर्ता निराश देखिए तनहुँमा गुट निर्माण गरेका कोइरालाले सत्य लुकाए

admin

१२औं दिनसम्म चलेको पाचौं आदिवासी तनहु महोत्सव सम्पन्न
डेढकरोड भन्दा बढीको आर्थिक कारोवार भएको दावी

admin

खुल्ला तीज प्रतियोगिताले दियो एकताको सन्देश

admin