Tanahun Awaj
समाचार

मदनआश्रित अक्षयकोष स्थापना

घिरिङ्ग/गाउँपालिकाको वडा नं. ३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा एक लाख राशीको मदन आश्रित जेहेन्दार अक्षयकोष बुधबार स्थापना गरिएको छ । अक्षयकोषको बार्षिक व्याजबाट प्रत्येक बर्ष दुई जना जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने उद्देश्य रहेको छ । लोकतान्त्रिक मगर संघका केन्द्रिय आर्थिक विभाग प्रमुख दिलबहादखुर थापाले सो अक्षयकोष स्थापना गरेका हुन् । भिमाद–९ भानुमतिमा जन्मेर हाल काठमाण्डौमा बस्दै आएका थापा गाउँ फर्केर सामाजिक क्षेत्रमा लगानि गरेका हुन् । थापाले नेकपा एमाले ऋषिङ्ग गाउँ कमिटिलाई तीस हजार र झिरुवास युवा क्लबलाई पच्चीस हजार आर्थिक सहयोग समेत गरेको समाचारमा जनाइएको छ ।

Related posts

पण्डितलाई थप जिम्मेवारी

admin

सामुदायिक विद्यालयका विद्यार्थीका लागि बससेवा

admin

चण्डिदेवीको युवा रेडक्रस सर्कलद्वारा बृहत सरसफाई अभियान सम्पन्न

admin