28.3 C
Damauli
October 6, 2026
Tanahun Awaj
Uncategorized

मूख्यमन्त्री प्राप्तिले इतिहास व्यूझायो

दमौली/गण्डकी प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल ‘नेपाली’ गण्डकी प्रदेशको मूख्यमन्त्री बनेपछि गोर्वधन पोखरेललाई बुझ्नेहरुले न्याय परेको मसुस गरेका छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनमा गोवर्धन पोखरेलको क्रान्तिकारीता बुझेकाहरुले छोराले भए पनि फल चाख्ने भए भन्ने महसुस गरेका छन् । क्रान्तिका समयमा शासकहरुले लिएको हूर्मत खेप्दै रामचन्द्र, कृष्णचन्द्र, जगदिश, शुभाष समेतका सन्तान हुर्काउने र पति आईपुग्दा सुरक्षा प्रदान गर्ने द्रौपदा पोखरेलले ती दिनहरुलाई सम्झदै छोरालाई भएपनि मुख्यमन्त्रीको अविरजात्रा गर्न पाउनु भयो । क्रान्ति सारथी द्रौपदालाई थोरै भएपनि आत्मसन्तोष भएको हुनुपर्दछ । तनहुँको व्यास नगरपालिका–११ राम्चेमा बुबा स्वर्गिय गोवद्र्धन, आमा द्रौपदाको माईला सुपुत्रको रुपमा वि.२००६ साल मङ्सीर १३ गते जन्मनु भएको त्यो इतिहासले गोवर्धनकी धर्मपत्नि भएर राणा शासक बर्गबाट द्रौपदाले भोग्न परेको हूर्मतको सहजै आँकलन गर्न सकिन्छ ।
प्रजातन्त्र पुर्नस्थापनाको आन्दोलनमा लागेकोले २०१८ सालमा तत्कालिन सरकारले सर्वश्वहरण गरेकोले कठिन यात्रा पार गरेको राजनीतिक परिवारका एक सदस्य गण्डकी प्रदेशको मुख्यमन्त्री हासिल गर्दा स्वर्गिय गोर्वधनको आत्माले पनि मुख्यमन्त्रीको सफल कार्यकालको लागि आर्षिवाद प्रदान गरेको हुनुपर्दछ ।
वि.स. २०३९ सालमा मूख्यमन्त्री नेपाली तनहुँबाट बसाई सरेर नवलपुर जानु भएको थियो । सङ्घीयता कार्यान्वयन पछिको पहिलो चुनाव –२०७४ मा प्रदेश सभा सदस्यका लागि पूर्वी नवलपरासी १ (क) बाट निर्वाचित हुनु भएको थियो ।
निर्मल मा.वि.मिन मा.वि.समेतमा शिक्षक २०३६ मा बहुदलको प्रचारमा लागेवापत
जुम्ला सरुवामा परेपछि शिक्षण पेशा छाडेर नवलपुरबाट वकालतसंगै पूर्णकालीन राजनीतिमा संलग्न हुनुभएको थियो । पोखरेल नेपाली काँग्रेसको हरेक आन्दोलनमा सक्रिय रहेर पिताजीको जस्तै क्रान्तिकारी छवि बनाउनु भएको थियो । २०४८ सालदेखि निरन्तर १९ बर्ष नेपाली काँग्रेस नवलपरासीको चार कार्यकालको सफल सभापति पोखरेल हाल नेपाली काँग्रेसको केन्द्रिय सदस्य हुँदै गण्डकी प्रदेशको मुख्य मन्त्री हुनुभएको हो ।

Related posts

आत्महत्या विरुद्धको दिवसका कार्यक्रम

admin

भर्ना अभियान सफल पार्नु हामी सबैको दायित्व

admin

कर परीक्षण गर्नु अनिवार्य कि ऐच्छिक

admin