21.9 C
Damauli
October 9, 2026
Tanahun Awaj
Uncategorized

अन्तर्राष्ट्रिय श्रमिक दिवसः एक विश्लेषण

हरिभक्त सुवेदी
सचिव
नेपाल ट्रेड युनियन काँग्रेस तनहुँ

गत बैशाख १८ गते शनिवार मात्र विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको महामारीका बीच अत्यन्त त्रास र आतंकपूर्ण वातावरणमा १३२औं अन्तर्राष्ट्रिय श्रमिक दिवस May Day विना चहलपहल विदा भएको छ । विश्वका अरबौं श्रमिकहरु प्रायः अझै पनि निम्न स्तरको जीवन विताउन बिवस छन् ।
सामान्य भाषा वा बोलाईमा श्रमिक भन्नाले शारीरिक बलको काम गर्ने निम्नस्तरका मजदूर वा कामदारलाई बुझ्ने चलन छ । अर्थात सफाई गर्ने, घर बाटो आदि बनाउने, कपाल काट्ने भारी बोक्ने, मोटर गाडि मर्मत गर्ने, इट्टाभट्टा, चिया बगान आदिमा काम गर्ने व्यक्ति वा बर्गलाई बुझ्ने र उनीहरुप्रति गरिने व्यवहार पनि तल्लो स्तरको हुने गर्दछ । बृहत अर्थमा श्रमिक भन्नाले मानसिक वा शारीरिक श्रम गरी त्यसबाट प्राप्त हुने ज्याला वा पारिश्रमिकले परिवारको समेत गुजारा गर्ने व्यक्ति वा वर्गलाई बुझाउँदछ । यसरी हेर्दा सबै श्रमिक जस्तो देखिन्छन् । सबैले श्रम त गरेकै हुन्छन् तर पनि ज्याला वा पारिश्रमिकका लागि आफ्नो श्रम पसिना बेचेर जीवन गुजारा गर्ने वर्गलाई नै श्रमिक भन्ने बुझिन्छ । जबसम्म उनिहरुको श्रम वा मेहनतको सम्मान गरी उचित सेवा सुविधा, पारिश्रमिक र सम्मान दिईदैन तबसम्म समाज र राष्ट्रको विकास र समृद्धि कदापि सम्भव छैन । यसरी प्रत्यक्ष शारीरिक श्रम गर्ने वर्गका साथै शिक्षक प्राध्यापक, अफिसका कर्मचारी, पत्रकार एवं सञ्चारकमीर्, कलाकार आदि पेशाकर्मीहरु समेत श्रमिकको परिधि वा क्षेत्रभित्र पर्दछन् ।
तसर्थ श्रमिकलाई तल्लोस्तरको व्यवहार गर्ने हेपाहा प्रबृत्तिलाई परिवर्तन गरी मानवीय र प्रेमपूर्ण व्यवहारका साथै आवश्यक सेवा, सुविधा र पारिश्रमिक दिई समाज र सिंगो राष्ट्रको विकास र सभ्यतामा इट थप्न सकौं । सार्थै शिक्षा, स्वास्थ्य र मानव अधिकार लगायत सबै अधिकार दिलाएर समुन्नत राष्ट्र निर्माणमा अघि बढ्नु नै आजको अपरिहार्य आवश्यकता र दायित्व पनि
हो ।
तत्कालिन अवस्थामा बर्षभरि गरेको कामको आधारमा दिइएको उपाधि वा पेशालाई नै अन्ततः जातिको रुपमा लिन थालेको प्रमाण पाईन्छ भने मनुष्मृतिलाई जाति विभाजनको आधारको रुपमा पनि हेरिन्छ । तर जेहोस् मानव भन्दा ठूलो जाति, बर्ग, धर्म कदापि हुन सक्दैन । तसर्थ मानव बीचमा भएका विभिन्न प्रकारका विभेद, अन्याय, अत्याचार, शोषण दमन विभाजनका रेखा र मपाँइत्वका पर्खालहरु यथासक्य छिटो हटाएर बसुधैव कुटुम्बकम् भन्ने उदार भावनाको विकास गर्नु हामी सबैको दायित्व पनि हो ।?
विडम्बना नै मान्नु पर्दछ कि विश्वमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालेको झण्डै डेढ शताब्दी हुँदा पनि श्रमिकहरुको जीवनस्तरमा खासै उन्नति हुन सकेको देखिदैन । अमेरिकाको सिकागो शहरदेखि जर्मनी, इटाली आदि देशमा केही राम्रो स्थिति भएपनि तेस्रो विश्व, भारत नेपाल आदि देशमा उनीहरुलाई हेर्ने दृष्टिकोण र पाउँदै आएका सेवा सुविधा र पारिश्रमिक, अनि शैक्षिक सामाजिक मानवीय अधिकारका हिसाबले तल्लोस्तरमा राखिएको छ र बस्तुभाऊ सरह उपभोग एवं व्यवहार गर्दै आएको पाईन्छ । ‘सर्वहाराको अधिनायकत्व’ भनेर नारा दिएर दशकौंसम्म सीमित परिवार वा वर्गले निरंकुश शासनमा पनि भोकै मर्ने र जबरजस्त रुपमा जोखिमपूर्ण काम गर्न विवश छन् श्रमिकहरु । त्यस्तै लोकतान्त्रिक शासनमा पनि विभिन्न लोभ लालच र क्षणिक सुविधाका भरमा श्रम शोषणमा परेका छन् । युगौंदेखिको यी समस्याको चित्त बुझ्दो जवाफ र व्यवहार कहिले पाईने हो ?
विश्वमा करिब १० प्रतिशत धनी बर्गसंग कूल ९० प्रतिशत सम्पत्ति जम्मा हुने अनि ९० प्रतिशत गरिबसंग एक प्रतिशत पनि नहुने अनि कसरी लोकतन्त्र, समाजवाद, सामाजिक न्याय र मानव अधिकारको नाराले सबैलाई समेट्न सक्छ ? अझै देशको सरकार र विश्वका ठूला संस्थाहरु समेत धनाढ्य र कर्पोरेटको चंगुलमा फस्न पुगेपछि कसरी सामाजिक न्याय प्राप्त हुन सक्दछ ? अतः कम्तिमा पनि सबैलाई गास, वास, कपास, स्वास्थ्य सुरक्षा र सामाजिक विकासको लागि सरकारले श्रमिक वर्गको ग्यारेण्टी दिने योजना बनाउनु जरुरी देखिन्छ । ? दैनिक आठ घण्टा काम गरपछि यथेष्ट मनोरञ्जन र आराम पनि पाउनु पर्दैन श्रमिकले ?
यसका साथै श्रमिक बर्गले पनि आफ्नो बानी व्यवहारमा सुधार गर्दै सकारात्मक सोंचका साथ अघि बढ्नु पर्दछ, जस्तै– मितव्ययी बन्ने, सरसफाई, शिक्षा र स्वास्थ्यमा बढी ध्यान दिने, ध्रुम्रपान, मध्यपान त्यागी शाकाहारी खानालाई प्राथमिकता दिने र सामाजिक पर्व आदिमा खर्च कम गर्ने । त्यस्तै संगठित भएर उचित मागहरु सम्बन्धित निकायमा सशक्त रुपले सामूहिक भावनाका साथ लागि रहनु ।
राज्यमा खास गरी तीनवटा शक्ति हुन्छ । १– सरकार, २– लगानीकर्ता÷ उद्योगपति र ३–श्रमिक बर्ग । यी मध्ये सरकार, देशको कार्यकारी शक्ति हो । उसले राज्यका लागि शासन–प्रशासन उद्योग संस्था, स्थापना सञ्चालन र रोजगारी आदि सम्बन्धि उचित नीति नियम बनाउने र सुशासन दिने लगायतका उच्चस्तरीय काम गर्दछ । त्यही नीति नियमका आधारमा लगानिकर्ता एवं उद्योगपतिहरुले आवश्यकता र परिवेश हेरी विभिन्न खालका उद्योगधन्दा, संस्था आदि स्थापना गरी उत्पादन, सञ्चालन र वितरण गर्दछन् । ती उद्योगमा काम गर्ने श्रमिकहरु नै हुन्छन् । उनीहरुको बारेमा गम्भिरता पूर्वक अध्ययन, विश्लेषण र मूल्यांकन नै नगरि खालि काम गर् मात्र भनेर कसरी समयमे स्तरीय र सहजतापूर्वक काम हुन सक्छ त ? अतः उनीहरुको मनोवल र जीवस्तर उच्च बनाउन आवश्यक सेवासुविधा, अधिकार र समस्यामा उचित ध्यान जानु जरुरी छ । नत्र समग्र स्थिति वर्वाद हुन सक्दछ । हालै श्रमिकको हितका लागि सरकारले लागू गरेको सामाजिक सुरक्षा योजना सफलतापूर्वक कार्यान्वयन गर्न सबै सरोकारवालाहरु मिलेर अघि बढ्न आवश्यक देखिन्छ ।
कोभिड–१९ को संक्रमणको पहिलो चरणमै विश्वभरका करोडौं श्रमिकहरुको रोजगारी खोसिई आम्दानी घटेको र कैयौं रोगको शिकार बन्न विवस बनेको अवस्था सेलाउन नपाउँदै पुनः दोस्रो चरणको संक्रमणले थप मारमा पारेको छ । यसले विश्वकै अर्थतन्त्रमा समेत नकारात्मक असर पारेको छ । अतः यस संक्रमणकालिन भयावहको स्थितिमा सरकार र रोजगारदाताले श्रमिकहरुको जीवनरक्षाको लागि विशेष सहायता प्याकेज (आर्थिक, खाना, स्वास्थ्य उपचार) आदिको व्यवस्थापन गरी सुरक्षित बनाउनु जरुरी देखिन्छ । कुनै श्रमिकको रोजगारी पनि खोसिनु हुँदैन । यसैगरी लकडाउन वा निषेधाज्ञाको बेलामा पनि उनीहरुको रोजगारीको निरन्रताको लागि उपयुक्त विकल्प दिनु पर्दछ । बेरोजगार बनेका श्रमिकहरुको यथार्थ तथ्यांङ्क लिएर लक्षित समूहमा राहत पु¥याउन अथवा दिनका लागि श्रमिकका प्रतिनिधिहरुलाई समेत निर्णय प्रक्रियामा सहभागि गराउन आवश्यक देखिन्छ ।

Related posts

दमौलीमा एपेक्स मल्टिप्लेक्स

admin

अपाङ्गता स्वावलम्बन समूह तालिम

admin

जबरजस्त ओली सरकारको जबरजस्त अध्यादेश बजेट ०७८/०७९

admin