Tanahun Awaj
Uncategorized

सत्यवतीलाई राष्ट्रपति शिल्ड


दमौली/हालै दमौलीमा सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्डको उपाधिको विजेता सत्यवती माध्यमिक विद्यालय भएको छ । जिल्ला खेलकूद विकास समिति तनहुँको आयोजनामा भएको सो खेलमा सत्यवती माध्यमिक विद्यालयले छ स्वर्ण, तीन रजत र तीन कास्य समेत बाह्र पदक जित्न सफल हुँदा उपाधिको विजेता भएको थियो । मित्रता माध्यमिक विद्यालय आँबुखैरेनी उपविजेता बनेको छ । मित्रता माविले पाँच स्वर्ण, दुई रजत र दुई कास्य समेत नौ पदक जित्न सफल भएको थियो । पञ्चमुनिदेव माध्यमिक विद्यालय दुलेगौंडाले तेस्रो स्थान हासिल गरेको छ । पञ्चमुनिदेव माविले तीन स्वर्ण, दुई रजत र एक कास्य गरी छ पदक प्राप्त गर्न सफल भएको थियो ।

Related posts

आँबुखैरेनीका विद्युत प्राधिकरण प्रमुख घुससहित पक्राउ

admin

प्रअ सेढाईद्धारा पत्रकार महासंघलाई सहयोग

admin

थानी थानमा काठमाण्डौको डोली

admin