28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

व्यासमा कर व्यवस्थापन सहजीकरण समिति

व्यास नगरपालिकाले आय स्रोतको खोजी गर्दै कर व्यवस्थापन सहजीकरण समिति गठन गरेको छ । व्यास नगरपालिका वडा नं. २ का वडाध्यक्ष काशीराम श्रेष्ठको अध्यक्षतामा आईतवार गठन भएको कर व्यवस्थापन सहजीकरण समितिमा व्यास–१ का वडाध्यक्ष खरसिं दरै, वडा नं. ३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठ, वडा नं. ४ का वडाध्यक्ष विश्व न्यौपाने, कार्यकारिणी सदस्य कल्पना पोख्रेल, दमौली बजार इकाई प्रतिनिधि समेत रहेका छन् । सो समितिको सदस्य सचिवमा राजश्व शाखाका अर्जुन श्रेष्ठ रहेका छन् । आईतवार नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको थियो ।

Related posts

संघर्षको प्रतिफल ओरालोतर्फ लाग्यो

admin

सम्पादकीय

admin

आज सूर्य ग्रहण

admin