24.7 C
Damauli
September 16, 2026
Tanahun Awaj
Uncategorized

नेपाल–रावल निलम्बनमा

विशेष सम्वाददाता
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तथा नेता भीमबहादुर रावललाई पत्र पठाउँदै पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु तथा पार्टी सदस्यता बाटै पार्टीको विधान २०४९ (शंसोधान २०७१ समेत) को धारा ४९ (ख)बमोजिम हाललाई ६ महिनाको लागि निरम्बन गरिएको जानकारी गराएका छन् ।
सच्चिन दिईएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरु कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारवाही गर्न सकिने व्यहोरा समेत जानकारी गराईन्छ भनि उल्लेख गरिएको पत्रमा दुवै नेतालाई पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टी भित्रको सहकार्य रसदभावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरुसँग निरन्तर बैठक भेटघाट गर्ने र उनीहरुको पक्षपोषण गर्ने कार्य निरन्तर गरिरहेको आरोप लगाइएको छ ।
निलम्बन सम्बन्धी पत्रको तेस्रो बुँदामा आपराधिक कयाकलापहरु स्विकार्ने, भुल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतीको लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरिएका गलत तथा आपराधिक क्रियाकलापहरु प्रति प्रायश्चित गर्ने अवसरलाई त्यसै गम्भिरताका साथ लिनुको साटो तपाईले उल्टै स्पष्टिकरण सोध्ने जस्तो अनाधिकृत र हास्यास्पद कार्य गरेकोदेखिएको उल्लेख छ भने चौथो बुँदामा पार्टी विरोधी फाटोवादी र गुटगत कियाकलापहरु नेकपा एमालेके
नाममा गरिरहेको र त्यसलाई आगामी दिनहरुमा समेत निरन्तरता दिई रहने तर्फ अग्रसरता देखिएको, पार्टीकै लागि एकताकै लागि भन्दै भ्रम फिजाएर कार्यकर्ता फसाउने र आफ्ना यस्तै गतिविधिहरु कामय रहेमा तपाईलाई जुनसुकै बेला पनि थप कडा कारबाही गर्नु पर्ने अवस्था आउन सक्ने तर्फ सचेत गराउदै, यस्ता पार्टी विरोधी गतिविधि बन्द गर्न र सहि बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारबाही गर्नु भन्दा हाललाई ६ महिनाका लागि निलम्बन गरिएको र सच्चिनका लागि यो अन्तिम मौका भएको उल्लेख गरिएको छ । नेता नेपाल तथा रावललाई एमालेले चैत्र ८ मा पार्टीको तर्फबाट स्पष्टीकरण माग गरेको थियो । दुबै नेताले चैत्र १२ मा स्पष्टीकरण दिँदै उल्टै पार्टी अध्यक्ष ओलीलाई प्रति स्पष्टीकरण सोधेका थिए । त्यही स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै निलम्बनको कारवाही गरिएको हो ।

Related posts

आज अटिजमका कुरा

Deepak Joshi

पिडितलाई सहयोग

admin

नेविसंघको प्रथम अधिवेशन

admin