28.3 C
Damauli
October 6, 2026
Tanahun Awaj
Uncategorized

जन्मदिनमा श्रृङ्गलाई भलिबल

गोठादी/ऋषिङ्गमा जन्मेर हाल काठमाण्डौ बस्दै आएका शहिद पुत्र भरतकृष्ण श्रेष्ठ आफ्नो जन्मदिन मनाउन जन्मथलो ऋषिङ्ग पुगेका छन् । उनले प्रत्येक बर्ष आफ्नो जन्मथलो ऋषिङ्ग पुगेर जन्मदिन मनाउने क्रमलाई निरन्तरता दिंदै बुधबार ऋषिङ्गको गोठादी स्थित श्रृङ्ग माध्यमिक विद्यालयमा पुगेर विद्यालयलाई खेलकूल सामाग्री हस्तान्तरण गरेर आफ्नो जन्म दिन मनाएका विद्यालयका निमित्त प्रधानाध्यापक चित्रबहादुर पुनले बताउनु भयो ।

शहिद सरस्वतीकृष्ण श्रेष्ठका छोरा भरतकृष्ण श्रेष्ठ श्रेष्ठ आफू पचास बर्षमा प्रवेश गरेको उपलक्षमा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नेक्रममा जापाजि कम्पनीको निकाशा भलिबल विद्यालय नि प्रधानाध्यापक पुनलाई हस्तान्तरण गरेका स्वम दाता श्रेष्ठले तनहुँ आवाजलाई बताए ।

Related posts

अस्पतालको स्तरोन्नतिका लागि सहयोगको अपिल

admin

भष्ट्राचार रोक्नुपर्छ

admin

विवाहपूर्व ख्याल गर्नै पर्ने सवाल

admin