20.6 C
Damauli
October 29, 2026
Tanahun Awaj
Uncategorized

नेपाल तरुण दल रिसिङको प्रथम अधिवेशन बुद्दिमान सर्वसम्मत निर्वाचित

नेपाल तरुण दल रिसिङको प्रथम अधिवेशन  शनिवार ढुङ्गाडेमा सम्पन्न भएको छ । अधिवेशनले तरुण दल ऋषिङ संयोजक बुद्धिमान रानालाई सभापतिको रुपमा  निर्वाचित गरको छ । 
अधिवेशनले दलको उपसभापतिमा राजेश क्षेत्री तथा सुनिल श्रेष्ठलाई चयन गरको 

छ । यसैगरी सचिवमा कृष्ण थापा तथा अनिल रानाभाट, सहसचिवमा दिेनेश थापा र कोषाध्यक्षमा सुनिता थापा चयन भएका छन् । यसैगरी दस्यहरुमा भीम बहादुर थापा, वुद्ध गर्जा, श्रीबहादुर थापा, विशाल थापा, वासु थापा, प्रकाश चन्द, होमराज थापा, भुवन थापा, दिनेश कुमार शाही, मोहन रानाभाट, दामोदर वि क, सुमन वि क, दान बहादुर श्रेष्ठ, संजय आले, लाल बहादुर आले, निशान श्रेष्ठ, चन्द्र बहादुर थापा, अर्जुन थापा चयन भएका छन् ।
यस अघि उक्त अधिवेशनको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तरुण विभाग प्रमुख शंकर भण्डारीले अधिेशन उद्घाटन गर्दै तरुणहरु देश निर्माण अभियानमा लाग्नु पर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि भण्डारीले वर्तमान प्रधानमन्त्री ओलीमा लोकतन्त्रका प्रति प्रतिवद्धता नभकाले उनले गराउने निर्वाचन निष्पक्ष नहुने उल्लेख गर्दै कांग्रेसको नेतृत्वमा सरकार गठन गरेर उक्त सरकारले आगामी निर्वाचन गराउनु पर्ने बताए ।
कार्यक्रमका विशिष्ट अतिथी नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले फली, कुटो र कोदालो तथा हँसिया बनाउने कामी, लुगा सिउने दमाई र जुत्ता सिउने सार्की हाम्रो समाजका पहिलो इन्जिनियर भएको उल्लेख गर्दै उनीहरुको सम्मान हुन नसक्दा नेपाली समाज पछाडी परको उल्लेख गरे । पौडेलको आग्रह थियो, तरुणहरु अब सबैको सम्मान गर्ने संस्कृतिकको विकास अभियानमा लाग्नुहोस् ।
दल ऋृषिङ्ग संयोजक वुद्धिमान रानाको सभापतित्वमा भएको कार्यक्रममा नेका तनहुँका सभापति वैकुण्ठ न्यौपाने, क्षेत्रिय सभापति मा झुल वहादुर आले, नेपाली कांग्रेस महासमिति सदस्य प्रा डा कृष्णप्रसाद गौतम, नेका जिल्ला सदस्य एव संगठन विभाग प्रमुख वालकृष्ण घिमिरे, क्षेत्रिय सहसभापति एव शुक्लागण्डकी नगर प्रमुख किसान गुरुङ र ऋृषिङ गा पा अध्यक्ष राजेन्दकृष्ण श्रेष्ठ, नेविसंघ तनहुँका सभापति चुणामणी खनाल, नेकाका जिल्ला सदस्यहरु निल बहादुर थापा, भक्त श्रेष्ठ, मोहन गिरी, नेका क्षेत्रीय सचिव ईन्द्र आले, क्षेत्रिय सदस्य एव ऋृषिङ गा पा उपाध्यक्ष गिनुमाया थापा, नेपाल तरुण दल तनहँुका का वा सभापति हिरा थापा, नेका ऋृषिङका सभापति रामनाथ काफ्ले, ऋृषिङ ४ का वडा अध्यक्ष भोजराज रानाभाट, तरुणदल केन्द्रीय पार्षद मथुराकृष्ण श्रेष्ठ, नेपाल महिलासंघ क्षेत्रिय कोषाध्यक्ष यमुना श्रेष्ठ, तरुणदल ऋृषिङ ३ का सभापति निल बहादुर थापा लगाएतले मन्तव्य राखेका थिए ।
तरुणदल क्षेत्रिय सभापति दान बहादुर श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन नेविसंघ आदिकवि सभापति सुदर्शन पोख्रेलले गरेका थिए ।

Related posts

वडाका वासिन्दालाई राहत

admin

वर्तमान सन्दर्भमा बीपीको मेलमिलापको सान्दर्भिकता

admin

छापा

admin