22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

चौथो अधिवेशन सम्पन्न

दमौली/नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ तनहुँको सातौं वार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिवेशन आईतवार सम्पन्न भएको छ । सो अधिवेशनले मेघा इन्टरप्राइजेज दुलैगौडाका संचालक शिव पौडेलको नेतृत्वमा आगामी दुई वर्षको लागि नयाँ कार्यसमिति चयन भएको छ ।
सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश अध्यक्ष दुर्गा कुमार श्रेष्ठले महासंघको निति, नियम तथा विद्यानलाई आत्मसाथ गर्दै स्वस्थ व्यवसाय सञ्चालन गर्न व्यवसायीहरुलाई निर्देशन दिदै नवनिर्बाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराउनु भएको थियो ।
प्रदेश सदस्य रामचन्द्र सापकोटा तथा केशर बहादुर खड्का, प्रर्व अध्यक्ष दामोदर मिश्र, कार्यक्रम संयोजक गोविन्द अधिकारी लगाएतले शुभकामना मन्तब्य राख्नु भएको सो कार्यक्रम महासंघका अध्यक्ष ताराराम श्रेष्ठको अध्यक्षतामा भएको थियो भने सञ्चालन निवर्तमान सचिव प्रकाश थापाले सञ्चालन गर्नुभएको पुस्तक व्यवसायी हरि कोइरालाले बताउनु भयो ।
अधिवेशनले कार्य समितिको प्रथम उपाध्यक्षमा विजि स्टेशनरी दुलैगौडाका गोविन्द अधिकारी, द्वितीय उपाध्यक्षमा आदर्श स्टेशनरी दमौलीका रामकृष्ण न्यौपाने, सचिवमा नराल बुक्स एण्ड स्टेशनरी भादगाउँका विरेन्द्र नराल, कोषाध्यक्षमा अभिनव पुस्तक पसल दमौलिका हरिश्चन्द्र कोइराला एवं सदस्यहरुमा पुण्य प्रसाद भट्टराई, माधव लम्साल तथा बाबुराम सापकोटालाई सर्वसम्मत चयन गरेको थियो ।

Related posts

महायज्ञको सफलताको कामना

admin

५६औं बर्षमा चन्द्रावती

admin

हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीको मृत्यु

admin