25 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

अपाङ्गता स्वावलम्बन समूह तालिम

समावेशी समुदाय निर्माणमा अपाङ्गगता भएका व्यक्तिहरुको शसक्तिकरण कार्यक्रमको आयोजनामा दुई दिने तालिम मंगलबार सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यलयको समन्वयमा तथा डेनिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले ऋषिङ गाउँपालिकामा सञ्चालन गरिरहेको सो कार्यक्रम अन्तरगत चैत्र ९ गते शुरु भएको अपांगता स्वावलम्वन समुह तालिम १० गते समापन भएको हो ।
ऋषिङ गाउँपालिकामा रहेका १ देखि ६ नम्वरका वडाहरुमा नयाँ अपांगता समावेशी सम्पर्क व्यक्तिको उत्पादन गर्ने तथा वडा नं ७ र ८ मा पुराना अपांगता समावेशी सम्पर्क व्यक्तिहरुलाई पुर्नताजकि गर्ने तालिमको उद्देश्य रहेको कार्यक्रम अधिकृत करुणानिधी भट्टराईले बताउनु भयो । ऋषिङ गाउँपालिका स्थित ८ वटै अपांगता स्वावलम्वन समुहवाट ३ जना प्रतिनिधि, ऋषिङ गाउँपालिकामा रहेका उपशाखाहरु, जिल्ला शाखा, गाउँपालिकाको कर्मचारी तथा जिल्ला स्थित अपांगताको क्षेत्रमा काम गर्ने संघ संस्थाको प्रतिनिधि समेत गरेर ३० जनाको सहभागिता रहेको कार्यक्रम सपुरभाईजर प्रमोद अधिकारीले बताउनु भयो ।
नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाका निवर्तमान सभापती एवं भानु नगरपालिकाका प्रमुख उदयराज गौलीको प्रमुख आतिथ्यतामा शुरु भएको तालिमको उद्घाटन सत्रको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाका सभापती कृष्णहरि वाग्लेले गर्नु भएको थियो । आमन्त्रित अतिथि एवं सहभागिहरुलाई नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाका उपसभापती ऋषिराम पोख्रेलले सहभागीहरुलाई स्वागत गर्नु भएको थियो । नेपाल रेडक्रस सोसाइटी तनहु जिल्ला शाखाका उपकोषाध्यक्ष सुकुमलाल गुरुङ, जिल्ला सदस्य सुर्य चन्द्र हड्खले, परमेश्वर भट्टराइ, सिसेडका अध्यक्ष पदम परियार शाखा विकास अधिकृत शिवकाजी पिया लगायतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन जिल्ला शाखाका मन्त्री चिनु पोख्रेलले गर्नु भएको थियो । तालिमको उद्देश्य माथी कार्यक्रम अधिकृत तथा तालिम संयोजक करुणा निधि भट्टराईले प्रकास पार्नु भएको थियो ।
स्वावलम्वन समुह तथा स्वावलम्वन समुहका जिम्मेवारीहरु, अपांगता भएका व्यक्तिहरुको अधिकारसँग सम्वन्धित राष्ट्रिय र अन्तराष्ट्रिय कानुनहरु, अपांगताको परिभाषा, प्रकार, वर्गिकरण तथा राज्यवाट उपलव्ध सेवा सुविधा, वहस तथा पैरवि, अपांगता भएका व्यक्तिहरुको न्यायमा पहुँच, संचार, समावेशी जिविकोपार्जन, वचत, स्थानिय अपांगता समन्वय समिति, स्थानिय स्तरमा योजना छनौट प्रकृया तथा प्रस्ताव लेखन जस्ता विभिन्न विषय वस्तुमा सहभागीहरुलाई प्रशिक्षकहरु करुणानिधि भट्टराइ, महेन्द्र श्रेष्ठ तथा प्रमोद अधिकारीले प्रशिक्षण गराउनु भएको थियो ।

Related posts

दमौलीमा विरोध सभा

admin

व्यानपाको सकरात्मक प्रयास

admin

शिक्षक महासंघको सरकारलाई ध्यानकर्षण

admin