25 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

नहर्की द्वारा अक्षय कोष स्थापना

दमौली/ नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीले आफ्ना स्वर्गीय पिता गेगनाथ नहर्कीको स्मृतिमा प्रेस युनियन तनहुँ मातहत रहेन गरी अक्षयकोष स्थापना गरेका छन् । 

शनिबार आयोजित नेपाल प्रेस युनियन तनहुँको वृहत वैठकको अवसरमा नहर्कीले अक्षयकोषको रकम ५१ हजार एक सय ५१ रुपैयाँ नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य धु्रव वाग्लेलाई हस्तान्तरण गरेका
हुन् ।
उक्त अवसरमा बोल्दै संविधान सभा सदस्य वाग्लेले कांग्रेस संसद पुनः स्थापना वा निर्वाचन दुवै विकल्पका लागि तयार हुनुु पर्ने बताए । उनको कथन थियो, हामीले पुष ५ को संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको उल्लेख गरिसकेका छौं तर अदालतको निर्णयलाई मान्दै दुवै विकल्पमा जान तयार रहनु पर्छ । कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेले पार्टी र प्रेस युनियनबीच समन्वय गरेर काम गर्ने सेतुको निर्माण आवश्यक भएको उल्लेख गर्दै स्वतन्त्र पत्रकारिताका लागि आग्रह गरे । नेपाली कांग्रेसका प्रवक्ता महेश्वर भट्टराईले पत्रकारिताको उन्नयनमा पार्टीको तर्फबाट आवश्यक सहयोग गर्न कांग्रेस सदा तत्पर रहेको बताए ।
नहर्कीकी धर्मपत्नी प्रभा नहर्की, दिदी सान्नानी पाण्डे तथा भाई दिनेशराज नहर्कीले संयुक्त रुपमा हस्तान्तरण गरेको उक्त रकमबाट प्राप्त हुने व्याजले हरेक वर्ष युनियनले सिफारिस गरेको एक जेहन्दार पत्रकारलाई पुरस्कार प्रदान गरिने नहर्कीले बताएका छन् । हस्तान्तरण कार्यक्रममा संविधान सभा सदस्य झुलबहादुर आले तथा ऋषिङ गाउ पालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको समेत उपस्थिती रहेको थियो ।

Related posts

नयाँ शताब्दीको नयाँ विकास मोडेल

admin

नीजि निर्माणकार्र्यमा रोक

admin

धान दिवसको शुभकामना !

admin