22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

गोर्खाली समाजको अध्यक्ष बने शम्भुलाल

दमौली/ शनिबार दमौलीमा सम्पन्न साधारण सभाले आगामी दुइ वर्षका लागि गोर्खाली समाज तनहुँको अध्यक्षमा शम्भुलाल श्रेष्ठलाई चयन गरको छ । समितिको उपाध्यक्षमा राजकुमार श्रेष्ठ तथा सचिवमा सानेबहादुर नेपाली चयन भएका छन् । समितिका सहसचिव मा अनु पन्त थापा, कोषाध्यक्षमा गुञ्जमान कोइराला निर्वाचित भएको संस्थापक अध्यक्ष समेत रहेका नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
 अधिकारीका अनुसार समितिका सदस्यहरुमा साजन मग्राती, चन्द्रमायाँ गुरुङ, शिबकुमार श्रेष्ठ, नविन वस्ती, अनिल रोका र हिरा घले रहेका छन् । यसैगरी सभाले ९ सदस्य रहेको सल्लाहकार समिति समेत चयन गरको छ । समितिमा चेतनाथ अधिकारी, रेवत शाह, भोजबहादुर थापा, यामबहादुर थापा, माधबबहादुर पन्त, नारायणप्रसाद अधिकारी, सावित्री श्रेष्ठ, झनकनारायण श्रेष्ठ तथा अमर भण्डारी रहेका छन् । 
 जन्मथलो गोर्खा भई कर्म थलो दमौली बनाएर विभिन्न पोशा तथा व्यवसायमा आवद्ध रहेका व्यक्तिहरुलाई एकताबद्ध बनाउँदै समाज सेवाको क्षेत्रका केही योगदान गर्ने उद्देश्यले २०७२ चैत्रका स्थापना भएको समाजको  यो पाँचौ साधारण सभा हो । नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिँदै निवर्तमान अध्यक्ष नारायणप्रसाद अधिकारीले समाजले दमौलीको कुनै स्थानमा जग्गाको व्यवस्था गरी आफ्नै भवन बनउने तर्फ ध्यान दिनुपर्ने बताए । उनले सामाजिक सेवाको क्षेत्रमा समाजलाई निरन्तर अगाडि बढाउन आग्रह गर्दै आफ्नो निरन्तर साथ र सहयोग रहने समेत बताए । दमौली बसोवास गर्दै आएका गोर्खालीहरु व्यापार व्यवसायका अतिरिक्त, शिक्षक, निजामती कर्मचारी तथा पत्रकारीता लगाएत विभिन्न पेशामा आवद्ध रहेर काम गरिरहेका 

छन् ।

Related posts

रोटरीको स्वास्थ्य शिविर

admin

झडपको भत्र्सना गर्दै कांग्रेसद्वारा आन्दोलन घोषणाः

admin

कांग्रेस सदस्यता खारेजी समाचार झूटा

admin