21.1 C
Damauli
October 9, 2026
Tanahun Awaj
Uncategorized

सपनाको सफलताले दिएको सन्देश

-छविदीप आले
सपना रोका मगर,  १८ वर्षिय नेपाली चेली, विश्व प्रसिद्ध समाचार संस्था बीबीसीले सार्वजनिक गरको वर्ष २०२० को प्रेरणादयी काम गर्ने १०० महिलाको सूचिमा समावेश भएकी छिन् । फिनल्याण्ड जस्तो देशकी प्रधानमन्त्री र कोभिड–१९ विरुद्ध भ्याक्सीन निर्माणका लागि अनुसन्धान टोलीको प्रमुखको रुपमा काम गरिरहेकी बेलायती नागरिक सराह गिल्बर्ट नामावली रहेको सूचिमा एउटा १८ वर्षिय नेपाली किशोरीको नाम पनि अटाउनु वास्तवमै हामी सबै नेपालीहरुको लागि गौरवको विषय हो । 
सहरमा वेवारिसे शवहरुलाई आफैले दागवत्ती दिएर अन्तिम संस्कार गरिदिने सपनाको मानविय सेवालाई मूल्याङ्कन गरेर नै बीबीसी उनलाई प्रेरणादायी काम गर्ने महिलाहरुको सूचिमा समावेश गरको हो । म्याग्दीकी १८ वर्षिय किशोरीको यहाँ सम्मको यात्र सरल भने पक्कै थिएन । केही समय लागूपदार्थको दुव्र्यसनमा समेत फसेकी सपनाले सुधार केन्द्रको जीवन अनुभव मात्र होइन घरबार विहिन भएर सडकमा बास बस्नुको अनुभव पनि संगाली सकेकी छन् । उनकै शब्दमा भन्नु पर्दा वेवारिसे शवको अन्तिम संस्कार गर्ने काम उनले आफ्नो मनको शान्तिको लागि गरेकी 

हुन् । न कि कुनै प्रचारमा आउन र सेलिब्रेटी हुनको लागि । आफ्नो मनको शान्तिको लागि होस् या अरु कुनै कारणले उनले गरको मानविय कार्यले आज केही हदसम्म भएपनि मूल्य पाएको
छ । सपनाको सफलताले हामी सबै नेपालीको शिर उँचो त बनाइदिएको छ, संगसंगै शिक्षित , सभ्य र आधुनिक मानिने नेपाली समाज प्रति मानवियता को केही तिखा प्रश्नहरु पनि तेस्र्याएको
छ ।
सपना भन्छिन् “यहाँ हजारौं जिउँदा मान्छेले भरिएको सहरमा वर्षाै देखि केहिएका लाशहरु छन् ।” हुनपनि हो जिउँदो मान्छेको त कदर र हिसाब नहुने यो स्वार्थी समाजमा जाबो लाशको के अर्थ र महत्व ? त्यो पनि वेवारिसे । धन्न तिमी जस्तै सपनाहरु बेलाबेलामा जन्मिरहन्छन् यो समाजमा । प्यारी बहिनी सपना तिम्रो मनले, ह्ृदयले,आत्माले जे देख्यौ र जे ग¥यौ, त्यसका लागि एउटा दाजु भएको नाताले नमन गर्दछु तर बहिनी समाज त्यति सरल छैन । तिमीले हजारौंको भिडमा वर्षाैं देखि कुहिएका लाशहरु देख्यौ तर यहाँ जिउँदाहरुकै भिडमा जिउँदो लाश बनाइदिएका र बनेकाहरुको पनि कमि छैन । जसलाई न तिमी जलाउन सक्छौ न म । सन्तानको माया र प्रेम पाउनु पर्ने वृद्धावस्थामा रहेका थुप्रै आमा बुबाहरु हेलाँ र घृणा सहन नसकी सडकलाई सहारा बनाउन बाध्य छन् । त्यो भन्दापनि जर्जर समाजमा आफ्नो इज्जत जाने डरले, हेलाँ र तिरस्कारले जिउँदो लाश बनाइएका हजारौं बुबा आमा आफ्नै सन्तानको महलभित्र कैद छन् । प्यारी बहिनी वेवारिसे लाश बनेको शरिरलाई त तिमीले जलाएर मुक्ति दिन्छौ । तर हेलाँ , अपमान र तिरस्कारले जिउँदो लाश बनाइएका शरिरलाई कसरी मुक्ति दिने खै ?
बहिनी सपना यहाँ कसैले कसैको जिम्मा र ठेक्का लिन सक्दैन । तिमीले जति सक्यौ ग¥यौं, गर्दैछौ र भविष्यमा पनि गर्दै जानु । तर एउटा कुरा सधैं याद गर्नु । चाहे सहर भन या गाउँ हाम्रो समाज नजलाइएका, नगाडिएका बेवारिसे लाशहरुले भन्दा पनि ज्यादा जिउँदा लाशहरुले प्रदुशित र कुरुप बनेको छ । आधुनिक भनिएको हाम्रो समाजको शिक्षित र सभ्य मानिने मानिसहरुले आफु भित्रको मानवता, इमान्दारीता र नैतिकताको गला निमोठीसकेका छन् । यहाँ कसैमा पनि केही बाँकी रहेन बहिनी । न नेतामा, न कर्मचारीमा, न शिक्षकमा,न व्यवसायिमा न अरु कसैमा । यहाँ सबैलाई आफ्नै मात्र चिन्ता छ । मानिस धेरै स्वार्थी भइसके । आफ्नो समाजको, देशको कसैलाई चासो र चिन्ता छैन । कुन दिन यी सबै मिलेर देशलाई पनि वेवारिसे लाश जस्तै बनाउन बेर छैन बहिनी ।
बहिनी, यहाँ नेतालाई सत्तै मात्र प्यारो छ । सत्तामा बसिरहन उ आफ्नो बाबु आमा बेच्न पनि पछि पर्दैन । शिक्षकालाई सिकाउन भन्दा जागिर पकाउनु ठूलो कुरा छ । कर्मचारीलाई काम गर्न भन्दा टेबुलमुनीबाट हुने कमाई मिलाउनै भ्याई नभ्याई छ । मन्त्री र ठूला कर्मचारीलाई विदेश घुम्दैमा फुर्सद छैन । देशको सिमा रक्षा गर्नुपर्ने सेनालाई ठेक्कापट्टाबाट पुर्सद मिल्दैन । शान्ति सुव्यवस्था कायम गर्नुपर्ने प्रहरीलार्ई दिनको २, ५ सय अतिरिक्त आम्दानी कसरी गर्ने ? सोच्दैमा ठिक्क
छ । व्यापार व्यवसायिहरु कालोबजारी रअधिक नाफाको हिसाब किताब गर्नमै व्यस्त छन् अनि देशको मेरुदण्ड मानिने युवा वर्गलाई राजनीतिक कित्ताकाट, आफ्नो पार्टीको जयजयकार, अरुलाई घारेहात गर्दैमा ठिक्क, जसरी अहिले म गरिरहेछु । बहिनी यहि पारा रहिरहने हो भने यो देश पनि छिट्टै विश्व मानचित्रमा एउटा वेवारिसे लाश बन्नेछ । तर तिमी यो देशको दाहसंस्कार गरी मुक्ति दिने दिनको प्रतिक्षामा
नबस्नु । समय छंदै प्राण रक्षाको लागि अघि सर्नु ।
कक्षा ४ कि ५ को नेपाली किताबमा( पुरानो) अनौठो परीक्षा शिर्षकको एउटा कथा छ । जसमा गरुले आफ्नो शिष्यहरुलाई आफु वृद्ध भएको ले आफुलाई खुवाउन चोरेर खानेकुरा ल्याउन भन्छन् । सबैले मानेपनि एउटा शिष्यले मान्दैन । उ भन्छ, मैले कसैले नदेख्नेगरी चोरी गरेपनि ईश्वरले त मलाई देखिरहेका हुन्छन् । म आफु भित्रको ईश्वरलाई कसरी छलौं ? महामानव गौतम बुद्धले पनि भन्नु भएको छ, तिमी आफ्नो मन माथि विजय हासिल गर अरु केही गर्नु पर्दैन । गीतामा भगवान श्रीकृष्णले पनि भन्नु भएको छ, कर्म गर फलको आशा नगर । यी सबै कुरा हामी सबैलाई थाहा छ तर पनि हामी आफै भित्रको ईश्वरलाई ढाँट्न सदैव तत्पर
हुन्छौं । हामी आफ्नो मनलाई जित्न कहिल्र्य प्रयास गर्दैनौं । प्रयास गछौं त खाली अरुलाई जित्न । हाम्रो हक कर्ममा छ तर कर्म गर्नु पूर्वनै हामी फलको लेखाजोखा गछौं ।
अझ हामी मध्ये कतिपय त कामै नगरी फलको आशा गर्छौं । अनि कति त अरुको कर्मको जस आफुले लिनपनि पछि पर्दैनौं । एकैछिन् सोचौं त के हामीले हामी भित्रको मानवता, नैतिकता, इमान्दारीताको साँच्चै हत्या गरिसकेकै हौं त ? विज्ञान, प्रविधि र आधुनिकताले भरिएको आजको समाजमा यी कुराहरुको साँच्चिकै आवश्यकता छ । आज हामी जे पनि गर्छौं खाली अरुलाई देखाउनको लागि गर्छौं । अरुबाट वाहवाही र स्याबासी पाउनका लागि गर्छौं । या त अरुलाई भ्रममा राख्नका लागि गर्छौं । तर यथार्थ त के हो भने यदि साँच्चै नै हामी कुनै काम आफ्नो अन्तर आत्मा देखि गर्छौं भने सफलता र स्याबासी आश गरिराख्नु पर्दैन, स्वतः मिलिहाल्छ । अनुराधा दिदीले काम गर्दै गर्दा मनैदेखि गर्नुको सट्टा स्याबासी र प्रसंसाको पछिपछि दौडेको भए सीएनएन वर्ष हिरोको पुरस्कार पाउने पहिलो नेपाली हुँदेनथिइन होला । सत्ता मोहलाई पर राखेरराष्ट्र हित नसोचेको भए बीपी कोइरालालाई नेपाली राजनीतिको शिखर पुरुष मानिँदैनथ्यो होला । आफ्नो सिद्धान्त र इमानसाथ नचलेको भए कांग्रेसका कार्यकर्ता मदन भण्डारीको प्रशंसक हुँदेनथे
होला । त्यसैले हामी जहाँ छौं, जुन क्षेत्रमा छौं, जुन पेशामा छौं हामीपनि मनै देखि कर्म गरौं । आफ्नो आत्म सन्तुष्टी हुनेगरी । हामी भित्रको इमान्दारीता र मानवता सपना जस्ता नेपाली चेलीहरुलाई बधाई र शुभकामना दिनमा मात्र सिमित नहोस् । हामीमा पनि सपना जस्तै बन्ने सपना पलाउन सकोस् ।

Related posts

बढ्दै कोरोना

admin

पत्रकारलाई तालिम

admin

मोटरसाइकलबाट खसेर युवतिको मृत्यु

admin