25 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

चट्याङ्ग चौतारी

मेरी हजुर आमाको बिगत

यमप्रसाद सापकोटा

हाम्री यस्ती सबै कुरामा जान्ने हजुरआमा सबै कुरामा अगाडि भएकी बुढीलाई यसो हजुरबाको राजनैतिक पृष्ठभूमी पनि के कस्तो रहेछ जान्न साह्रै उत्सुक भएर मन भित्र भएको आफ्नो साहसलाई समेटेर साध्ने प्रयास गरें । ‘अनि हजुरआमा तपाईले भने अनुसार त हाम्रा हजुरबा पनि एकदम खलिकपुर । सबै कुरामा तपाईं जस्तैै पोख्त, तर मलाई एउटा कुरा सोध्न मन लाग्यो । हाम्रा बुढा राजनीति पनि गर्नु हुन्थ्यो, कत्तिको झुकाव थियो उहाँको राजनीति तिर ? क्यारे तपाईको भाषामा भन्नु पर्दा पोल्टिस तिर ?’
एकचोटी हजुरआमाले मलाई झ्वाट्ट हेर्नुभो, अनि केश कोर्नुभो, छेउछाउनको फोहोर मैला सबै सोर्नु भो, अनि कोल्टो फेर्नु भो त्यस पछि रामकहानी शुरु गर्नु भो ।
एता सुन तेरा हजुरबा अरु कुराँ जस्तै पोल्टिसाँ नि खत्रा । खत्रा कसरी भन्छस् भने छयालिस सालाँ पञ्चे कुटेर ढुटो । भख्खर भख्खर रिटाएर भ’र आ’का लाँठे नै थिए । त्यो डम्नरकेसी (डेमोक्रेसी) आउनी वेलाँ त चार पाँच दिन घरै नआउनी । आँफुलाई भित्र भित्र कस्तो डर ला’र आउँथ्यो ।
एैलेका छन् नि ति नेता भनाउँदाहरु क्यापी ओली, म्याकुने, रामचन्रे, गोविन्दे, शेरे, वामे, चित्रे, यिनेरु त तेरा हजुरबाउका दोस्ती तैंले भन्छस् नि जिग्री, हो त्यस्तै । चिया पकाछ खुवाछ, पकाछ खुवाछ । हैरान हुन्थें । उ त्यो माथिल्लो दुईटा कोठा सधै खाली राख्नु पथ्र्यो ।
कैले को आ’छ, कैले को आ’छ । एकदिन त त्यो शेरेलाई लिएर आचन के के बोल्यो के के बुझ्दै बुझिन । अनि भाउजु। अनि भाउजु मात्रै भनेको बुझैं । अरु त के के हो के के !
झलझली सम्झेकी छु, ’भाउजु त्यो भनेर भन्देखिलाई विहानै उठेर भन्देखिलाई ट्वाइलेट जानु पर्ने भएकोले भनेर भन्देखिलाई त्यो ट्वाइलेट भनेर भन्देखिलाई देखाइदिनु भए हुन्थ्यो भाउजु भनेर भन्देखिलाई ।’ भनेको मात्रै बुझें अनि चर्पी जान मन ला होला भनेर देखाई दिए । क्यार्चस् वावु हेर यस्ता अनुभव त कतिछन् कति । न वेलाँ खान पाउँने, न वेलाँ सुत्न पाउने । कति दुख कस्ठ खेपें । त्यति सजिलो काँ छ र वा । ऐले त सुन्छु सबै नेता भरस्टाचार गर्छन् रे, घुस खान्छन् रे, देशलाई मायाँ गर्दैनन् रे । कठै ती पुराना, विशेस्सोर, मदन भण्डारी, पुस्पलाल, मनमोहन, गिरिजा, किस्न प्रसाद भै देको भए कति उभो लाग्थ्यो होला ।

Related posts

कार्टुन

admin

SEE परीक्षा र अभिभावकको बढ्दो जिम्मेवारी

admin

३५औं नगरसभाले आज पारीत गर्ने महत्वपूर्ण प्रस्तावहरु

admin