29.5 C
Damauli
October 11, 2026
Tanahun Awaj
साहित्य

मुक्तकहरु

पबित्र प्रयत्न पोखरेल
याङवरक–४, पाँचथर

१
यहाँ गरिबले पाएको चोट देखेपछि ।
भाग्य, कर्म चारैतिर खोट देखेपछि ।।
न्याय त एकैछिनमा विलिन हुन्छ, त्यसै,
न्यायाधीशले ठूला ठूला नोट देखेपछि ।।
२
गर्नुपर्ने जनताले सधैं सरकारको आश विचरा !
सरकारले फेरी भर पर्ने विदेशको पास विचरा !
पुस्तौं पुस्ता गर्नुपर्ने आन्दोलन मात्र रैछ यहाँ,
जीउँदो शरिरलाई गाह्रो छ, राख्न सास विचरा !

Related posts

गजल : आदत

admin

चट्याङ्ग चौतारी

admin

बिदेशी जेलमा परेको नेपाली दाजुको वेदनाः

admin