Tanahun Awaj
Uncategorized

पहिरोपीडितलाई मगर संघको सहयोग

पोखरा/कास्कीको पोखरा महानगरपालिका वडा नं. १८, सराङकोट, गोठादीका पहिरोपीडित परिवारलाई नेपाल मगर संघ अन्तर्गतका विभिन्न समितिले १ लाख ३८ हजार रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेका छन् ।
गोठादीको पहिरोमा परी टंकबहादुर थापामगरको एकै परिवारका चार जनाले ज्यान गुमाएका थिए । मंगलबार १३ औं दिनको पुण्यतिथिका अवसरमा मृतकका परिवारलाई सो सहयोग रकम हस्तान्तरण गरिएको छ ।
सो अवसरमा नेपाल मगर संघका केन्द्रीय सल्लाहकार बालकृष्ण काउछामगर, गण्डकी प्रदेश समितिकी उपाध्यक्ष तारामाया थापामगर, कास्की जिल्ला अध्यक्ष संगीता पुनमगर, पोखरा महानगर समितिकी कोषाध्यक्ष पदमकुमारी थापामगर, कालिकानगर इकाईकी कोषाध्यक्ष अरुणा आलेमगर लगायतले नेपाल मगर संघ, सराङकोट इकाई समितिका अध्यक्ष एवं विपद् व्यवस्थापन समितिका संयोजक सञ्जीव थापामगरलाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाल मगर संघ, गण्डकी प्रदेशका तर्फबाट ६ हजार ५ सय, कास्की जिल्लाबाट संकलित १ लाख १ हजार १ सय १०, पोखरा महानगर समितिबाट ५ हजार, कालिकानगर इकाई समितिबाट १५ हजार ६ सय ९०, नेपाल मगर महिला संघ, कास्कीबाट ५ हजार एवं लालीगुराँस ऐंजु आमा समूहकी अध्यक्ष दीक्षा पुनमगरबाट व्यक्तिगत ५ हजार ५ सय ५५ रुपैयाँ गरी जम्मा १ लाख ३८ हजार ८ सय ५५ रुपैयाँ हस्तान्तरण गरिएको मगर संघ, कास्कीका सचिव रामबहादुर थापामगरले बताए ।

Related posts

वेल्फेयर ट्रष्टबाट सुरक्षा सामाग्री प्रदान

admin

लोकतन्त्र र समृद्धिको अभियानमा रेडियोको योगदान अविष्मरणीय

admin

नीति कथाको गधा नियतीमा नेपाल र नेपाली

admin