Tanahun Awaj
Uncategorized

पहिरो पिडितलाई राहत

पहिरो पिडितलाई राहत प्रदान

काठेकोट/नेपाल रेडक्रस सोसाईटी गजरकोट उपशाखाले पहिरो पिडितलाइ सोमवार राहत प्रदान गरेको छ । घिरिं -२ यामबहादुर श्रेष्ठको टिनले छाएको घरमा माथि पहिरो सहित आएको रूखले क्षति पुर्याएको थियो । 

साउन ४ गते राती एक बजेको समयमा तीन जनाको परिवार सुतिरहेको घरमाथि पहिरो सहित रांसिंको रूख बजारिएको पिडित यामबहादुर श्रेष्ठले बताए । 

घटनाको सूचना पाई स्थलगत निरिक्षणमा गएको गजरकोट उपशाखाको पदाधिकारी टोलीले  पिडित परिवारलाई दुई थान रेनकोट एक थान व्ल्यांकेट स्लिपिं व्याग स्लिपिं म्याट दुई जोडी चप्पल तीन थान टी सर्ट तीन थान टावेल भॉडाकुडा सेट सहित नगद एक हजार राहत उपलब्ध गराएको उपशाखा सभापति श्रीराम खनालले बताउनु भयो ।

Related posts

आदिकविको सम्झना-सम्पादकीय

admin

पानी खुवाउने तिर्खा

admin

बाह्रौं साधारण सभा सम्पन्न

admin