28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

अबको चासो : जनसंख्या व्यवस्थापन-सम्पादकीय

आगामी शनिबार अर्थात जुलाई ११ तारिखमा संसारभर र नेपालमा विश्व जनसंख्या दिवस मनाईँदै छ । हामी मध्ये धेरैलाई याद नहुन सक्छ, सन् १९८७ जुन ११ तारिखमा विश्वको जनसंख्या करिब पाँच अर्व पुगेको घोषणा गरिएको थियो । यही मितिलाई सम्झंदै विश्वभर जुन ११ तारिखमा विश्व जनसंख्या दिवस मनाउन थालियो, सन् १९८९ बाट ।
कुनै पनि देशको यथोचित विकासका लागि सबैभन्दा महत्वपूर्ण तत्व भनेको मानवसाधन नै हो । मानव साधनको उपलब्धता बेगर देश विकासको परिकल्पना गर्न सकिंदैन । तर जनसंख्याको आकारले त्यस देशको विकासमा प्रत्यक्ष प्रभाव पार्दछ । जनसंख्याको आकार सानो हुँदा पनि देश विकासले अपेक्षित गति लिन सक्दैन भने अधिक जनसंख्याले पनि त्यस्तै समस्या ल्याउँछ । वर्तमान विश्वको चिन्ताको विषय यही हो कि कुनै देशमा आवश्यक जनसंख्या नहुँदा अपेक्षित विकास गर्न सकिएन भन्ने चिन्ता व्याप्त छ भने नेपाल जस्ता अल्पविकसित राष्ट्रहरुका लागि अधिक जनसंख्या टाउको दुखाईको विषय बनेको छ । जापान जस्ता देशहरु अल्पजनसंख्याका कारण विकास गर्न नसकिएको निष्कर्षमा पुग्दा हामी अधिक जनसंख्याका कारण विकासका क्रियाकलापमा पछाडि छौं ।
नेपाल जस्ता देशहरु जहाँको जनसंख्या वृद्धिदर अन्य विकसित भनिएका मुलुकको तुलनामा धेरै छ । प्राकृतिक साधनको उच्चतम प्रयोग हुन नसक्दा विकासले अपेक्षित गति लिन सकेको छैन । औद्योगिकरणको अभावका कारण आवश्यक मात्रामा रोजगारीको सिर्जना हुन सकेको छैन । कृषि उत्पादनको उपयुक्त बजार नहुँदा यता तर्फ पनि उत्पादनशिल जनसंख्या आकर्षित हुन सकेको छैन । बेरोजगारीका कारण समाजमा विभिन्न समस्याहरु देखिन थालेका छन् । देशभित्र रोजगारीको अवसर नहुँदा विदेशिने युवाको संख्या दिनानुदिन बड्दै गएको छ । त्यसैले नेपालको अबको चुनौति भनेको जनसंख्याको व्यवस्थापन हो । रोजगारीका अवसरहरुको सृजना गर्न सके वा उत्पादक जनसंख्यालाई स्वरोजगार लगाउन सके अहिले जुन आकारको जनसंख्या छ, त्यो टाउको दुखाउने आकारको होइन तर यदि त्यसो नहुने हो भने देशले चोरी, डकैती, लुटपाट, लागुपदार्थ सेवन जस्ता विभिन्न समस्याको सामना गर्नुपर्ने हुन सक्छ । त्यसैले जनचेतना मार्फत जनसंख्या वृद्धिदर घटाउने तथा अहिले भएको जनसंख्याको सहि व्यवस्थापन गर्नु जरुरी छ । सरोकारवालाहरुले समयमै यता तर्फ बेलैमा ध्यान दिउन् । विश्व जनसंख्या दिवसको अवसरमा यहि कामना !

Related posts

बन्दाबन्दी तीज

admin

सिमसार र पानीः सुखी बनाउ“छ हाम्रो जिन्दगानी

admin

व्यासको २९ औं स्थापना दिवस

admin