Tanahun Awaj
Uncategorized

सेवाग्राहीसंग अदालतले गर्ने व्यवहार

ऋषिराम पोख्रेल
अधिवक्ता

पृष्ठभूमिः
सेवाग्राहीसंग कस्तो व्यवहार गर्नु पर्दछ भनेर सर्वोच्च अदालतले २०७४ प्रकाशनमा ल्याएको जिल्ला अदालत केन्द्रित मुद्धा व्यवस्थापन दिग्दर्शनमा सेवाग्राहीसंग कस्तो व्यवहार गर्नु पर्दछ भनेर खुलाएको छ । जाईकाको जाईका एससीसी प्रोजेक्टको सहयोगमा प्रकाशित सो दिग्दर्शनको परिच्छेद १७ मा सेवाग्राहीसंगको व्यवहारका बारेमा स्पष्ट खुलाएको छ ।
दया होइन अधिकारः
दिग्दर्शनले न्यायका उपभोक्तालाई अदालतबाट प्रदान गरिने सेवाहरु दयाको रुपमा होइन । अदालतको सेवा पाउने न्यायका उपभोक्ताका अधिकार हुन् भनेर सुझाएको छ । त्यसैगरी अदालतका कर्मचारीहरुले सेवाग्राही मैत्री व्यवहार गर्नु पर्दछ । हक्ल्याउने, दक्ल्याउने, अपमान जनक सम्बोधन गर्नु हुँदैन । राम्रो उचित परामर्श दिनु पर्दछ ।
सेवाग्राही मैत्री पूर्वाधारः
सोधपुछ तथा सहायता कक्षका लागि उपयुक्त दक्ष कर्मचारी राखेर सेवा प्रवाह गर्नु पर्दछ । ताकि सेवाग्राहीले न्यायका उपभोक्ताका रुपमा अदालतको सेवा उपभोग गर्न पाउन् । न्यायका उपभोक्ताहरुले उपयोग गर्ने शौचालयहरु पनि सफा सुग्घर हुनुपर्दछ । सफा स्वस्थ्य पिउने पानी सुविधा उपलब्ध हुनुपर्दछ । सुलभ चमेना गृह हुनु पर्दछ । स्तन पान कक्ष, पीडित मैत्री कक्ष, बालमैत्री कक्ष, परामर्श कक्ष, मेलमिलाप कक्ष, प्रतिक्षा कक्ष, सेवाग्राही बस्नको लागि प्रयाप्त फर्निचरको व्यवस्था हुनु पर्दछ ।
निष्पक्ष सेवाः
सेवाग्राहीलाई विना भेदभाव स्वतन्त्र र निष्पक्ष रूपमा सेवा प्रदान गर्नुपर्दछ । सेवाग्राहीलाई विना भेदभाव समानताका आधारमा सम्मानपूर्ण व्यवहार गर्नुपर्दछ । बालबालिका, महिला, असहाय, असक्षम, वृद्ध, फरक क्षमताका सेवाग्राहीहरूसँग मानवीय आधारमा व्यवहार गर्नुपर्दछ । शिष्ट र मर्यादितः
कर्मचारीहरुमा सेवा ग्राहीसँगको बोलीमा शालीनता, ब्यवहारमा चनाखोपन र आचरणमा मर्यादित देखिनु पर्दछ । सेवाग्राहीहरूसँग व्यवहार गर्दा आवेश, तनाव, आलस्य, आडम्वर, अपेक्षा वा उपेक्षाभावको प्रर्दशन गर्नु हुँदैन । सेवा ग्राहीहरूलाई आदरपूर्वक अभिवादन गर्ने, शिष्ट र मर्यादित रूपमा संवाद गर्ने सेवाग्राहीको कुरालाई ध्यान पूर्वक सुनी गम्भीरतापूर्वक मनन गरी समस्या पत्ता लगाई सहयोगी भावनाका साथ समाधानका लागि प्रयत्न गर्नु पदर्छ ।
छिटो छरितो सेवाः
आफुबाट सम्पादन गर्न सकिने कार्यलाई अविलम्ब सम्पादन गर्नुपर्दछ । आफुबाट सम्पादन हुन नसक्ने कामका लागि सेवाग्राहीलाई समयमै निजलाई सो कुराको जानकारी गराउनु पर्दछ । सो कार्य अन्य शाखा, फाँट वा निकायबाट सम्पादन हुने रहेछ भने सो कुराको समेत स्पष्ट जानकारी गराउने र सहयोगी कर्मचारीलाई त्यस्ता सेवाग्राहीलाई सम्बन्धित फाँट वा शाखामा पु¥याइ दिने व्यवस्था मिलाई दिनुपर्दछ । अन्य शाखा वा फाँटबाट सम्पादन हुने कामको लागि आफ्नो सहयोग आवश्यक पर्ने रहेछ भने तत्परताका साथ सहयोग गर्नु पर्दछ ।
आर्थिक र समय भार नपार्नेः
सेवाग्राहीलाई अनावश्यक आर्थिक भार पर्ने र अनावश्यक समय लाग्ने गरी कर्मचारीले काम गर्नु हुँदैन । आफुले गरेको कामको जवाफदेहिता वहन गर्न सदैव तत्पर रहनु पर्दछ । सेवाग्राहीलाई कामको लागि लाग्ने समय, दस्तुर, कार्यविधि, आवश्यक पर्ने कागज प्रमाण लगायतका आवश्यक सूचना तथा जानकारी सहज रूपमा निजले बुझ्ने गरी सुरुमै बताइ दिनुपर्दछ ।
निष्कर्षः
अदालतले सेवाग्राही न्यायका उपभोक्तासंग गरिने भनि मुद्धा व्यवस्थापन दिग्दर्शनले उल्लेख गरेका अधिकाँश व्यवहारहरु पुरा गरिएका छन् । यो सकारात्मक पक्ष हो । तर अझै पनि आर्थिक प्रभावमा परेर तारीख तलमाथि गरिदिएको गन्ध आउनु हुँदैन । फैसला कार्यान्वयन तहमा गएपछि अदालतका कर्मचारीहरुबाट हुने व्यवहारहरु अदालत प्रशासनलाई बद्नाम गराउने खालका छन् । त्यसैगरी धरौटी फिर्ता गर्ने बेला देखाईने अपेक्षाभावले पनि निष्पक्ष न्याय सम्पादन गर्ने अदालतको गरिमालाई धमिल्याएको छ ।
अदालतका कर्मचारीले उपभोग गर्ने दररेट भन्दा सेवाग्राहीले उपभोग गर्ने दररेट दोब्बर हुनुलाई सुलभ चमेना गृह मान्न सकिदैन । प्रभाव पार्ने पक्षको साक्षी दशै बजेबाट बकाउन सुरु गर्ने, विपक्षलाई सुचना पनि नदिने, वादीको साक्षी नवकाई प्रतिवादीको साक्षी वकाउने व्यवहारलाई सुधार मात्रै निष्पक्ष सेवा प्रवाह गर्न सकिन्छ ।

Related posts

कोभिड भ्याक्सिनबारे जान्नैपर्ने ६ तथ्य

admin

तनहुँमा राष्ट्रिय परिचय पत्र

admin

स्वस्थानी–ब्रत कथामा सकारात्मक पक्षको खोजी्

admin