19 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

कोभिड–१९ को स्थिति

दमौली/कोरोना भाईरसको संक्रमणबाट बच्न र बचाउन नेपालले बन्दाबन्दी घोषणा गरेको एक सय दिन नघिसकेको । संक्रमणको प्रभाव पछिल्ला दिनमा झन बढ्दो रहेको छ ।
तनहुँमा एक हजार ९ सय ५६ जनाको कोभिड–१९ नमूना संकलन गरिएको छ । एक हजार तीन सय ५८ जनामा नेगेटिभ देखिएको छ । १२४ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
संकलित नमूनामा चार सय ७५ जनाको परिक्षण प्रतिवेदन आउन बाँकी रहेको कार्यालयले जनाएको छ । देशभरमा संक्रमित संख्या चौध हजार ४६ पुगेको छ । बुधबारसम्ममा नेपालका कोभिड–१९ संक्रमित ३० जनाको मृत्यू भएको छ भने निको हुनेको संख्या चार हजार ६ सय ५६ पुगेको छ ।

Related posts

पन्ध्रदिनदेखि अन्धकार छ उम्से क्षेत्र

admin

विवाहजन्य कसूरमा कैद पनि हुन्छ

admin

साँवा, व्याज लिँदाको पुर्या‍‌उनु पर्ने रीत

admin