19 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

क्वारेन्टाईनलाई आवश्यक सामग्री वडावडामा पुर्याउँदै शहीद पुत्र

ऋषिङ्ग/नेपाल सरकारले क्वारेन्टाईनमा कोरोना संक्रमणबाट बच्ने आवश्यक सामाग्री पु¥याउन नसकेको, कोरोना परिक्षण गर्न नसकेर होम क्वारेन्टाईनमा पठाउन लागेको लगायतका समाचार आईरहेका बेला शहिद पुत्र भरतकृष्ण श्रेष्ठले मास्क, पानी प्रत्येक वडावासी समक्ष पुग्ने लक्ष्यका साथ ऋषिङ्ग प्रवेश गरेका छन् । बुधबार विहान ऋषिङ्ग झापुटारमा स्थापित क्वारेन्टाईनमा पुगेर १० कार्टुन मिनरल वाटर, ५० थान मेडिकल मास्क, केही मात्रामा सर्जिकल मास्क उपलब्ध गराएका छन् ।

बुधबार नै उनले वडा नं. ३ दुबुको क्वारेन्टाईनमा पुगेर सोही अनुपातमा ती सामाग्री वडाध्यक्षलाई हस्तान्तरण गरेका छन् ।
ऋषिङ्ग गापाका आठवटै वडामा पुग्ने लक्ष्यका साथ गाउँ पसेका श्रेष्ठले बुधबार नै वडा नं. ४ भिरकोट, वडा नं. ६ गोठादीमा पुगेर वडाध्यक्ष मार्फत ती सामाग्री हस्तान्तरण गरेका थिए ।
तनहुँका प्रतिष्ठित समाजसेवी राजनीतिक कार्यकर्ताहरुलाई एन नाईन्टी फाईभ मास्क समेत जिल्लादेखि गाउँसम्म उनले निःशुल्क वितरण गरेका छन् ।

Related posts

दोस्रो दर्जाका कर्मचारी

admin

स्टान र एसएससी तनहुँको विज्ञान क्वीज

admin

सम्बन्ध विच्छेदका विभिन्न आयाम

admin