28.3 C
Damauli
October 6, 2026
Tanahun Awaj
साहित्य

बन्दाबन्दी

आयूष पोखरेल
श्री सत्यवती मावि, दमौली

कोरोनाको संक्रमणले आत्तिएको मन
बन्दाबन्दी समयले फेरिदियो जीवन
कोही अलपत्र देश भित्रै, कोही सिमा पारी
गाउँ घरमा खेती पाती हरियाली खेतबारी
बन्दाबन्दी थपिँदैछ खानेकुरा छैन
राहत आउँछ सरकारबाट गरिबलाई हैन
अरुदेश व्यस्त छन्, कोरोनालाई टार्न
हाम्रा नेताको ध्यान भने पद लेनदेन गर्न
नागरिकको मुखमा मास्क छ, प्रहरीको छैन
जनतालाई रोग लाग्ने प्रहरीलाई हैन ?
भ्रष्टाचार घट्दै गाछ भन्छन हाम्रा नेताहरु
राहतमा पनि भ्रष्टाचार अब बाँकी के छ र अरु ?

Related posts

तीज गीत

admin

अचम

admin

म दुर चिहाउन निस्केको मान्छे

admin