Tanahun Awaj
कला/मनोरन्जन

ए यस्तो पो……..

बोलीको अर्थ

विष्णुप्रसाद सिग्देल

साहित्यकार भैरव अर्यालले लेखेका थिए, ‘पार्टी नैनव इश्वर’ । जजसलाई आज इश्वर भनेर पुजा गरिन्छ, ती पहिला नेतै थिए कि क्या हो । राम पनि नेतै थिए । कुनै समयमा उनले पनि शासन गरी राजा चलाएका थिए, कृष्णको कुरा गर्दा उनी पनि महाभारत युद्ध मच्चाउने पाण्डव पक्षधर जसले एउटा पक्षलाई उचालेर अर्कोलाई ध्वस्त पारेको पुराणरुपी इतिहास साक्षी छ । समय परिवर्तन संगै शासक रुपी भगवान पनि फेरिदै भगवानको संख्या थपिदै नयाँ नयाँ भगवानको उदय भएको इतिहास खोज्न त्यति टाढा पुग्न पर्दैन जस्तो कि अब्रंहमलिंकन, महात्मागान्धी, यिनले पनि तत्तत ठाउँमा घरवारमा तस्विर राखी पुजा गरिन्छ । पहिलेका नेता र अहिलेका नेतामा फर यति छ कि, उनिहरु जे जे बोल्थे त्यो गर्थे , अहिलेका जे बोल्छन्, त्यो गर्दैनन् । पहिलेका आफू दुःख काट्थे । लोकलाई सुख दिन्थे, अहिलेका लोकलाई लुट्छन्, आफू सुख काट्छन् । पहिलेका नियम पालना गर्दथे, बोलीमा सत्यता, इमानदार, संयमी देश र जनताप्रति उत्तरदायी, देश संकटमा परेको बेला युद्ध मोर्चामा आफै अगाडि लागि डटेर सामना गर्दथे, निष्पक्ष न्यायोचित व्यवहार गर्दथे । जनताको एक पैसा खाँदैनथे । आफ्नालाई काखा र अर्कालाई पाखा लगाउँदैनथे । विधिको शासन थियो । खाना पाक्ने बेला कसैको घरको धुरीबाट धुँवा आएन भने त्यो आफै पुगेर किन चुल्हो नबलेको रहेछ निक्र्योल गर्ने गर्दथे । त्यसैले जनता नेता (शासक) प्रति सन्तुष्ट थिए । नेतामा अतुलनीय असल गुण थियो । यस्ता थुप्रै कार्यहरुले जनता उनिहरुप्रति आभारी थिए । सायद त्यही व्यवहारले गर्दा होला पुजा गरेर उनिहरु त्यसको गुण तिरेका । तर अहिलेका नियम आफै बनाउँछन् । पालना गर्दैनन्, सहन गर्ने संयमता छैन, देशमा संकट पर्दा मुन्टो लुकाउँछन् । दिनदहाडै सीमाना सारिन्छ, नक्सा बदलिन्छ अत्तोपत्तै छैन, आफ्ना र आफन्त पनि छानि पदासिन गराउँछन् । अदालतबाट फैसला अपराध र अपराधीको पक्षमा भएको गुनासा आउँछन्, साँसदहरु खरिद विक्री हुन्छन्, आवाज उठाउने, अपहरण वा प्रहरी इन्काउन्टरमा पर्दछन्, जेल चलान हुन्छन् । कहाँबाट घुस र कमिशन आउँछ त्यही बाटो हेर्दछन्, भ्रष्टाचार गर्ने मेसो मिलाउँछन् । कसैले प्रमाण सहित फेला पारे भने विचरा त्यो फेला पार्नेको ज्यान खतरामा पर्दछ । जहाँ गयो त्यही भ्रष्टाचार छ, ‘लुट सके लुट कान्छा, नेपालमै हो छुट ।’ जस्तो सके जवरजस्ती, नसके नियमै बनाएर लुट्छन् यहाँ ।
बोलिको अर्थ र तात्पर्य बुझ्नै गाह्रो छ । एक जना मन्त्रीले हाम्रो मन्त्री परिषद फेरबदल हुँदै हुँदैन, तपाई ढुक्क हुनुस् भन्दै थिए । त्यसको भोलिपल्ट आफै हुत्तिई । केही दिनपछि अर्कोले हाम्रो सरकार ढल्दै ढल्दैन । यो पाँच बर्ष टिक्छ भनेको सन्थे । त्यसको दुई दिन पछि मन्त्री परिषदको विघटन भयो भन्ने समाचार
आइहाल्यो ।

Related posts

भाइकाजी र म

admin

कार्टुन

admin

ए यस्तो पो……..

admin