22.9 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

राहत वितरण स्थगित

शेरा/घिरिङ्ग गाउँपालिका वडा नं. ४ शेरामा बाँड्न लगेको राहत विवादका कारण वितरण कार्य स्थगित भएको छ ।
कार्यवहाक वडाध्यक्ष शक्ति थापाले दिएको जानकरी अनुसार हुने खानेलाई राहत दिईएको, दीनदुखीले नपाएको गुनासो गड्यौलीटारमा बढेको थियो । दोस्रो चरणमा ७१ घरको लागि राहत वितरण गर्न वडा सदस्यहरु धनकुमारी रानाभाट र धनकुमारी नेपाली खटिनु भएको थियो । विवाद भएपछि हाललाई स्थगित गरी पछि आफै स्थलगत अनुगमन गरी बाँड्ने व्यवस्था मिलाउने का.वा.अध्यक्ष थापाले बताउनु भयो ।
पहिलो चरणमा राहत वितरण गर्दा नै हुनेखाने पाएको, दीनदुखीले राहत नपाएको गुनासो दोस्रो चरणमा चर्को रुपमा बढेपछि स्थगित गर्नु परेको थियो । राहत वितरणमा खटिएका हवल्दार लोकबहादुर दर्लामीले स्थानीयका बीचमा पाउनु पर्नेले राहत नपाएको, नपाउनु पर्नेले पाएको विवाद बढेपछि स्थगित भएको पुष्टि गर्नुभयो ।

Related posts

पर्यटन विकासमा फड्को मार्दै मानुङकोट

admin

ऋषिङमा सदृढिकरण

admin

कुम्भकर्ण निन्द्राबाट व्यु“झेला कांग्रेस ?

admin