25 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

कोरोना र रेडक्रस सचेतना

गजरकोट/नेपाल रेडक्रस सोसाईटीले देशव्यापी थालेको कोरोनाबाट बचाउने सचेतना अभियानबाट प्राप्त स्टीकर र पर्चा गाउँगाउँमा बाँडेर गजरकोट उपशाखा पनि कोरोना भाइरस विरुद्धको सचेतना अभियानमा सहभागि भएको छ ।
नेपाल रेडक्रस सोसाईटी गजरकोट उपशाखाले जिल्ला शाखा तनहुँबाट प्राप्त स्टीकर र पर्चाबाट के कसरी सचेतना अभियान सञ्चालन गर्ने भनेर मंगलबार उपशाखाको बैठक राखेको सभापति श्रीराम खनालले बताउनु भयो । गजरकोट उपशाखाका संस्थापक सभापति एवं तनहुँ शाखाका सदस्य गोपालप्रसाद भण्डारी समेतको उपस्थितिमा मंगलबार बसेको बैठकले वडा कार्यालय, स्थानीय स्वास्थ्य इकाई, मान्छेको अधिक चाप हुने स्थानहरुमा स्टीकर टाँस्ने तथा पर्चा बाँडेर गाउँटोलमा कोरोना भाइरसको संक्रमण विरुद्ध सचेतना अभियान चलाउने निर्णय गरी तत्कालै कार्य सम्पन्न गरेको अत्रौलीबाट उपशाखाका पूर्व सभापति केशबराज पोख्रेलले बताउनु भयो ।
उपशाखाहरुले आफ्नो कार्य क्षेत्रमा कोरोना भाईरस विरुद्ध सचेतना अभियान चलाउन आव्हान गर्ने निर्णय सुक्रबार नेरेसो तनहुँ शाखामा उपस्थित सभापति, उपसभापति, मन्त्री सहितका कार्यसमिति सदस्यहरुले गरेका थिए । यथासम्भव उपशाखाहरुमा कोरोना भाईरसबाट बच्न सन्देश प्रवाह गरिएका स्टिकर, पर्चाहरु पु¥याउने निर्णय पनि सो अवसरमा शाखाले गरेको
थियो । शाखाको निर्णय अनुसार कोटदरबार उपशाखा, दुम्सी उपशाखा, केशबटार उपशाखाले सो अभियान तत्कालै थालेका
थिए । जहाँ दुःख त्यहाँ रेडक्रसको मान्यता अनुसार राष्ट्रिय संकटमा तनहूँ शाखा सक्रिय रहेको छ ।

Related posts

बसले च्यापेर बालकको मृत्यु

admin

जैविक विविधतासंगै हाम्रो पनि संरक्षण गरौं

admin

अनलाईन कक्षामा कोरोनाले पु¥यायो

admin