30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
साहित्य

सन्दर्भः ११०औं नारी दिवस

अप्सरा भट्टराई

नारीको कहानी

जन्मिदैदेखि विभेद हुन्छ, छोरीको जातलाई
सहनु कति आफ्नै जीवनमा, भएको घातलाई
स्कुल जान्छ संगैको दाई, बहिनी बारीमा
सहने शक्ति कति छ होला ? नेपाली नारीमा
हुर्कँदै जाँदा अनेकौं खाले दुव्र्यवहार सहने
भन्देउन दैव यस्तो सहेर, कति दिन रहने
अब त आवाज उठाउँ संगी, अधिकार पाउनलाई
पाउँदिन छोरी रोजेको आफुले, लुगा नि लाउनलाई
काम बराबरी ज्यालामा विभेद, सहँदै आका छौं
अब नि विभेद सहने छैनौं, सचेत भाका छौं
चाहिन्छ अब समान ज्याला, समान काममा
नगरौं विभेद अब कसैले सहर र गाममा
दाइजो नल्याकी भनेर सासु, दिनदिनै कराउनी
अपराध हो यो भन्छु अब त, कति दिन डराउनी
लैङ्गिक हिंसा, घरेलु हिंसा, सबैको शिकार
कहिले सम्म भन्ने नारीले, आफैलाई धिक्कार
कहिले बुझ्ने हाम्रो समाजल,े यो राम्रो भएन
हामी नारीको यहाँ त कुनै, अस्तित्व रहेन
समान शिक्षा, समान अवसर, नारीको चाहना
अधिकार दिन नारीलाइ अब, नगरौं बहाना
सक्षम छौं हामी अवसर पाए, गरेर देखाउन
विराङ्गना हुन नेपाली नारी, भनेर लेखाउन
शिक्षित भए घरका नारी, परिवार शिक्षित
सन्तान हुन्छन् असल संस्कारले त्यै घरमा दीक्षित
सम्मान पूर्वक जीउन पाउँ, नारीको कामना
तयार भाछौं चुनौतिहरुको, गर्नलाई समाना
नर र नारी हुन बराबरी, यही सोच लिउँ है
छोरा र छोरी दुवैलाई समान, अवसर दिउँ है

Related posts

पत्रकार महासङ्घलाई क्यानको आर्थिक सहयोग

admin

अचम

admin

अचम

admin