27.7 C
Damauli
October 29, 2026
Tanahun Awaj
Uncategorized

पार्वती प्राविको सत्रौं वार्षिकोत्सव

मनहरी/म्याग्दे–४ मनहरी स्थित पार्वती प्राथमिक विद्यालयको १७ औं वार्षिकोत्सव तथा अभिभावक भेला आइतबार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार मल्लको अध्यक्षतमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथी गाउँपालिका अध्यक्ष मायाँदेवी रानाले नमूना विद्यालय हुन सकेकोमा विद्यालय परिवारलाई बधाइ दिँदै आगामी दिनमा अझ राम्रो नतिजा दिएर आफ्नो स्थान कायम राख्न सफल होस् भनि शुभकामना व्यक्ति गरिन । उक्त अवसरमा अध्यक्ष रानाले गाउँपालिकाको अनुदानमा निर्मित दुइकोठे विद्यालय भवन तथा शौचालयको उद्घाटन गरिन् ।

कार्यक्रममा विद्यालय प्रवेश द्वारा निर्माण साथै विद्यालयलाई कार्पेट दिएर सहयोग गर्ने लक्ष्मण मल्ल, फ्यानहरु उपलब्ध गराउने रत्नकुमार श्रेष्ठ तथा ऋषिनारायण कायस्थ, पानी ट्याङ्की प्रदान गर्ने सुरेश मल्ल तथा कम्प्युटर प्रदान गर्ने नेपाल इन्भेष्टमेन्ट बैंकलाई प्रमाणपत्रले सम्मान गरिएको थियो । प्रधानाध्यापक सागर आचार्यले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरको कार्यक्रममा शैक्षिक सामग्री निर्माण तथा बालकक्षामा पु¥याएको महत्वपूर्ण योगदानका लागि शिक्षक कृष्णमाया थापालाई सम्मान गरिएको थियो । शिक्षक संगिता श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा गाउँ पालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, लक्ष्मण मल्ल, अशोकचन्द्र लगाएतले शुभकामना व्यक्त गरेको विद्यालयका शिक्षक चन्द्रा पौडेलले बताइन । विद्यार्थीहरुले विभिन्न प्रतिभा प्रदर्शन गरेको कार्यक्रममा शिक्षक सविना अधिकारीले अतिथीलाई स्वागत गरेकी थिइन् ।

Related posts

लालिगुराँस आमा समुहको भवन उद्घाटन

admin

धान दिवसको शुभकामना !

admin

वर्णक्रान्तिका नायक र खलनायक

admin