23.1 C
Damauli
September 17, 2026
Tanahun Awaj
Uncategorized

ज्येष्ठ नागरिक सम्मान

गजौडे/भानु नगरपालिका वडा नंं. ९ ले बुधबार आफ्नै कार्यालयमा २० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । डिसेम्बर दशका दिनमा परेको मानव अधिकार दिवसका दिन सम्मान गर्ने भनेर तय गरिएको ज्येष्ठ नागरिक सम्मान कार्यक्रम वडामा शोक परेका कारण स्थगित गरिएको थियो ।

बुधबार सबभन्दा धेरै उमेर ९३ बर्षका बुद्धिबहादुर गोदार र कमउमेर ८३ बर्षकी बालकुमारी खनाल सहित सो उमेर समूहमा पर्ने २० जनालाई वडाले सम्मान गरेको हो । सम्मानित २० जना ज्येष्ठ नागरिकलाई जनही एक हजार नगद सहित दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको गजौडेबाट तनहुँ आवाजका सम्वाददाता बाबुराम खनालले बताउनु भयो ।

Related posts

प्रशिक्षार्थी शिक्षकको अनुभव

admin

डिजिटल विज्ञान हाजिरी जवाफ

admin

नेपालको विद्यमान कर प्रणाली र सुधारको खाँचो

admin