Tanahun Awaj
Uncategorized

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत

दमौली÷“आलीदेखि थालीसम्म –शुद्ध र स्वस्थ खाना”, “गोठदेखि ओठसम्म– शुद्ध र स्वस्थ दूध” लगाएतका आकर्षक नारा सहित गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६ ७७ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरेको छ ।

प्रदेश सभामा प्रदेश प्रमुख बाबुराम कुँवरले पर्यटन, उर्जा, कृषि, उद्योग र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा विकास गर्ने तथा गण्डकी प्रदेशलाई पर्यटन हवको रुपमा विकास गर्ने उल्लेख नीति तथा कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा गण्डकी प्रदेशको छवि पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उल्लेख छ । यसैगरी सन् २०२२ मा अन्तर्राष्ट्रिय पर्यटन वर्ष अभियान सञ्चालन गरी उक्त वर्ष सम्ममा २० लाख पर्यटक ल्याउने योजना प्रदेश सरकारको रहेको छ ।

उर्जा तर्फ विद्युत सेवा विस्तार, छिट्टै विद्युत सेवा विस्तार गर्न नसकिने स्थानहरुम लघुजलविद्युत र सौर्य उर्जाको माध्यमबाट विद्युत सेवा पु–याउने योजना समेत सरकारको रहेको नीति तथा कार्यक्रममा उल्लेख छ । यसैगरी ग्याँसको साटो विद्युतको प्रयोगलाई प्रोत्साहित गर्ने, वायो ग्याँस र सौर्य चुलो को प्रयोग गर्न प्रोत्साहित गर्ने लगाएतका कार्यक्रम समावेश छन् ।

सरकारको तेस्रो प्राथमिकतामा कृषि रहेको छ । जग्गा बाँझो राख्ने कार्यलाई निरुत्साहित गर्ने कार्यक्रम सरकारको रहेको नीति तथा कार्यक्रममा उल्लेख छ । जग्गा चक्लाबन्दी तथा लिज सम्वन्धी कानून निर्माण गर्ने उल्लेख गरिएको कार्यक्रममा सरकारी, सार्वजनिक र गठी जग्गाको संरक्षण तथा अभिलेख व्यवस्थापन गर्ने कुरा समेत उल्लेख छ ।

पर्यटकीय पूर्वाधारको विकास गर्दा पुरातात्विक, धार्मिक , सांस्कृतिक स्थानहरुको विकासमा ध्यान दिने, वन संरक्षणसंगै यसलाई आर्थिक उपार्जनको माध्यमको रुपमा प्रयोग गर्ने लगाएतका कार्यक्रम गण्डकी प्रदेश सरकारले नीति कार्यक्रममा राखेको छ ।

Related posts

पत्रकार अन्तरक्रिया कार्यक्रम

admin

अक्षय श्रद्धाराशी संकलनार्थ देवघाटमा विराट ज्ञानमहायज्ञ

admin

तिहार : अत्यधिक गुलियो खाँदा हुन्छ यी ६ हानी

admin