Tanahun Awaj
Uncategorized

१२औं दक्षिण एशियाली गेम(साग) सम्पन्न

घरेलु मैदानको फाइदा उठाउँदै दोस्रो नेपाल

दुइ वर्षपछि पाकिस्तानको इस्लामावादमा हुने १४औैं सागमा भेट्ने वाचासहित १३औं दक्षिण एशियाली खेलकुद(साग) मंगलबार दशरथ रङ्गशालामा उल्लासका साथ समापन भएको छ । लोकप्रिय खेल फुटबलमा स्वर्ण पदक जितेकाले पनि नेपालका लागि साग महत्वपूर्ण र उल्लासमय बन्न पुगेको हो ।

नेपालले यस पटकको सागमा ५० स्वर्ण जित्ने लक्ष्य राखेकोमा ५१ स्वर्ण सहित पदक तालिकामा आफुलाई दोस्रो स्थानमा राख्न सफल भयो, जुन उत्साह थप्ने कारक बन्न पुग्यो । कुल तीनसय १६ स्वर्णका लागि भएको सागमा नेपाल ५१ स्वर्ण सहित दोस्रो भएको हो । प्रतियोगितामा भारत एकसय ७४ स्वर्ण सहित पहिलो भयो भने भुटानले कुनै पनि स्वर्ण जित्न सकेन । यस अघि नेपालले सन् १९९९ मा नेपालमा आयोजित साफ गेममा ३१ स्वर्ण जितेको थियो । भारतमा आयोजित १२ औं सागमा पुरुष फुटबलको स्वर्ण विजेता नेपालका लागि १३ औं साग पनि उल्लासमय हुनमा उक्त स्वर्ण फेरी हात लाग्नु पनि हो । मंगलबारको अन्तिम खेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले हराउँदै पुरुष फुटबल तर्फको स्वर्ण जितेको हो । १३औं सागमा नेपाली पौडी खेलाडी गौरिका सिंहले एकै संस्करणमा चार स्वर्ण जितेर नयाँ कीर्तिमान रचिन् । उनले दुई रजत र तीन कांस्यपदक नेपाललाई दिलाइन् ।

१२ आंै सागका उल्लेख गर्नुपर्ने पक्ष रहे । खेलकुद पदाधिकारी र मन्त्री तथा प्रदेश मुख्यमन्त्रीहरुको भागमा निःशुल्क कुर्ता सुरवाल पर्दा खेलाडीले पाएनन् । ट्रायथलनकी खेलाडी सोनी गुरुङले खेलमा सहभागीताका लागि आवश्यक साइकल नपाउँदा आफ्नै पुरानो साइकलले काम चलाइन तर स्वर्ण हात पारिन् । आवश्यक खेल सामग्री नपाउने सोनी मात्र थिइनन्, अरु धेरै थिए तर सबै खेलाडीले मन फराकिलो बनाएर खेले र कुल दुइसय छ पदक सहित नेपाललाई दोस्रो स्थानमा राख्न सफल भए । यो खेलमा महिला खेलाडीहरुको सहभागिता र पदक प्राप्ती उल्लेख्य रह्यो ।

पोखरा र जनकपुरका दर्शकले समेत देश तथा विदेशका खेलाडीको खेल हेर्ने मौका पाए । तर अन्तिम दिनको फुटबल फाइनल खेल हेर्न गएका दर्शकमाथि प्रहरीको ज्यादती र पत्रकारमाथि भएको प्रहरी ज्यादतीपनि चर्चामा रहे ।

Related posts

मुलुकी र संहिता ऐनमा ठगी कानून

admin

नमस्ते गर्दा व्यक्तिमा आध्यात्मिक चिन्तनको विकास हुन्छ : दिपकराज जोशी, म्यानेजिङ डाईरेक्टर, न्यू मिलेनियम कलेज

admin

राजनीति र अर्थव्यवस्था एक सन्दर्भ

admin