28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

आमा समूहको साधारण सभा सम्पन्न

गल्बुवेसी/गल्बुवेसीटोल सुधार आमा समूहको नवौ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । प्रदेश सभा सदस्य सरिता गुरुङको प्रमुख अतिथ्यमा सम्पन्न साधारण सभामा बोल्दै सदस्य गुरुङले छोटो समयमा समूहले आफ्नै भवन निर्माण गर्न सफल भएकोमा समूहको प्रशंसा गरिन् । गुरुङले महिलाहरु आत्मनिर्भर हुन विभिन्न सिपमूलका तालिम लिनु आवश्य भएको भन्दै आर्थिक उपार्जनमा पुरुषहरुलाई सघाउनु पर्ने बताइन् ।

समूकी अध्यक्ष कृष्ण दुराको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै वडा नं १ का अध्यक्ष खरसिं दरैले समूहको काममा आफू सधै सहयोग गर्न तत्पर रहेको बताए । कार्यक्रममा लेखा समितिका सदस्य ऋषिकेश केसी, टोलका सहसचिव गणेश गुरुङ, लेखा समितिका संयोजक कश्यपराज जमरकट्टेल, छाब्दी प्रवेशद्वार टोल विकास संस्थाका सचिव रामजी तिमल्सिना, संस्थामा उपाध्यक्ष हरिबहादुर थापा, टोल विकास संस्थाकी अध्यक्ष गंगादेवी गुरुङ लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारण सभाले कृष्ण दुराको अध्यक्षतामा आगामी ३ वर्षका लागि नयाँ कार्य समिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा अप्सरा भट्टराई र सपना श्रेष्ठ, सचिवमा प्रभा मिश्र, सह सचिव दिना थापा, कोषाध्यक्ष सिता गोदार चयन भएका छन् । यसै गरी सदस्यहरुमा सविना गुरुङ, नन्दु दुरा, सुना श्रेष्ठ, प्रमिला श्रेष्ठ, सावित्री तिमल्सीना, मिनाक्षी गुरुङ, मिना राणा चयन भएको छन् । आमा समूहकी कोेषाध्यक्ष सिता गोदारले आर्थिक प्रतिवेदन पेश गरेको कार्यक्रमा समूहकी उपाध्यक्ष अप्सरा भट्टाराईले आगन्तुकलाई स्वागत गरेकी थिईन भने कार्यक्रमको सञ्चालन सचिव प्रभा मिश्रले गरेकी थिईन ।

Related posts

नयाँ स्वास्थ्य नीति खै ?

admin

महेन्द्रोदय माविको ६४औं वार्षिकोत्सव सम्पन्न

admin

भृकुटी मार्गको उद्घाटन

admin