25 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

कमलबारीमा ११ पढ्ने विद्यार्थीलाई स्वागत

कमलबारी/सिद्धेश्वरी मावि कमलबारीका कक्षा १० का विद्यार्थीले कक्षा ११ मा पढ्ने विद्यार्थीलाई शुक्रबार एक कार्यक्रम गरी स्वागत गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीको सभापतित्वमा आयोजित कार्यक्रममा कक्षा ११ को पढाई प्रारम्भ भएको पहिलो वर्षका सम्पूर्ण विद्यार्थीलाई खादा तथा फूल र अविर लगाई स्वागत गरिएको थियो । उक्त अवसरमा बोल्दै प्रअ अधिकारीले सबै विद्यार्थीलाई लगन साथ पढेर आफ्नो सुन्दर भविष्य निर्माण गर्न, साना कक्षामा अध्ययनरत भाइ बहिनीको मार्गदर्शक बन्न र विद्यालयको समेत इज्जत राख्न आग्रह गरे ।

आफुहरुलाई स्वागत गरिएकोमा धन्यवाद ज्ञापन गर्दे कक्षा ११ का सुवास विसीले विद्यालयको इज्जतमा आँच आउने काम आफुहरुले नगर्ने प्रतिवद्धता जनाए । विसीले विद्यालय स्थापनाको ५० वर्षमा कक्षा ११ सञ्चालन भएको प्रसंग उठाउँदै अनुशासित भएर पढ्ने र विद्यालयको अपेक्षा अनुरुपका व्यवहार गर्ने समेत बताए । कक्षा ११ की छात्रा सुशिला अछामीले कक्षा १० का भाइ बहिनीको स्वागतले आफुहरुमा हौसला थपेको उल्लेख गर्दै राम्रो नतिजाका लागि सबैले हरसम्भव प्रयत्न गर्नै बताईन ।

कक्षा ११ मा अध्ययनरत दाजु दिदीहरुलाई स्वागत गर्दै कक्षा १० की छात्रा स्वस्तिका अधिकारीले घर छेउको विद्यालयमा उच्च शिक्षा हासिल गर्ने अवसरले सबैलाई उत्साहित तुल्याएको उल्लेख गर्दै सबैको सफलताको कामना गरिन् । हिमानी सुनार र सन्देश सुनारले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य कविता र गीत समेत प्रस्तुत गरेका थिए ।

Related posts

सत्ता सहयात्री बन्ला कांग्रेस ?

admin

भृकुटी मार्गको उद्घाटन

admin

झुट्टा उजुरी दिनेबाट क्षतिपूर्ति भराइ पाउने

admin