22.9 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

बाटोको दुरावस्थाले विद्यार्थी फर्कायो

पुतगाउँ/घिरिङ पुट्टार मोटरबाटोको सोमीभञ्ज्याङ्ग पुतगाउँ सडक खण्डको दुरावस्थाले कालीगण्डकी शिक्षालय घिरिङ्ग पुुट्टारका छ जना विद्यार्थी संख्या घटाएको छ । कालीगण्डकी शिक्षालय घिरिङ्ग गाउँपालिका वडा नं. १ पुट्टारमा चालु शैक्षिक सत्रमा अध्ययन गर्नका लागि भर्ना परीक्षा दिएर उर्तिण सूचिमा परेका ६ जना विद्यार्थी आउने जाने बाटोको दुरावस्था देखेर भर्ना नभै फिर्ता भएको शिक्षालय प्रमुख गोविन्द पौडेलको दुखेसो छ । शिक्षालय प्रमुख पौडेलका अनुसार खगेन्द्र शाही, देवी न्यौपाने लगायतका विद्यार्थीहरु भर्ना भई कालीगण्डकी शिक्षालयमा अध्ययन गर्न आउने क्रममा मोटर बाटोमा मोटरसाईकल गुडाउनै नसकिने, सवारी साधन गुड्नै नसक्ने, सडक भैसीले आहाल खेल्ने पोखरीको दुरावस्थामा पाएपछि फर्केका थिए । फर्केर उनीहरु मकवानपुर हेटौडाको थाहा पोलिटेक्निक चित्लाङमा भर्ना भएर पढ्न थालेको समाचार स्रोतको दावी छ ।

शिक्षालयको लागि भौतिक पूर्वाधारको रुपमा पचास लाखको लागतमा कोरीयाको एसवाई प्यानल मोडेलको छ कोठे भवन निर्माणको अन्तिम चरणमा पुगेका बेला शिक्षालय पुट्टारको दोस्रो व्याजको रुपमा भर्ना हुन आएका विद्यार्थीले बाटोको दुरावस्थाका कारण फर्कने क्रम रोकिएमा, स्थानीय तहका विद्यार्थीले शिक्षालयको न्यूनतम चालीस कोटा पुरा हुन नसक्ने अवस्था आउँदा शिक्षालयलाई विद्यार्थी संख्याको अभाव हुने तर्फ स्थानीय समाजसेवी, जनप्रतिनिधि, लगायतका शिक्षाविद्हरुको ध्यान आकृष्ठ गर्न चाहनु हुन्छ शिक्षालय प्रमुख पौडेल ।

Related posts

महासमिति सदस्यमा भट्टराई

admin

थप्रेकमा हाजिरी जवाफ र वक्तृत्वकला प्रतियोगिता

admin

विभेदमा शिक्षक अबको बाटो के ?

admin