Tanahun Awaj
Uncategorized

आत्महत्या विरुद्धको दिवसका कार्यक्रम

ठाँटीचौर/विश्व आत्महत्या विरुद्धको दिवसको अवसरमा व्यास ९ ठाँटी चौरस्थित लक्ष्मी आधारभूत विद्यालय जुनियर रेडक्रस सर्कलले वक्तृत्वकला प्रतियोगिता आयोजना ग¥यो ।

नेजुरेशका सभापति शिव केसीको अध्यक्षतामा मंगलबार आयोजित वक्तृत्वकला प्रतियोगितामा विद्यालयका ८ जना विद्यार्थी सहभागी भएका थिए । प्रतियोगितामा कक्षा ८ की छात्रा दिपा पौडेल प्रथम, कक्षा ८ कै छात्रा प्रतिक्षा राना द्वितीय तथा कक्षा ६ का छात्र सन्तोष अधिकारी तृतीय भए ।

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी कलेस्ती उपशाखाका सभापति बाबुराम खनालले जुनियर रेडक्रस सर्कललाई संगठित बनाउन सक्दा स्वयम् सेवी भावनाको विकास हुने बताए । जुरेसका शिक्षक नायक सञ्जिव अधिकारीले सञ्चालन गरेको प्रतियोगितमा विव्यस अध्यक्ष हरिबहादुर राना, पूर्व अध्यक्ष सम्भुलाल श्रेष्ठ, विद्यालयका निमित्त प्रधानाध्यापक हरिश्चन्द्र पौडेल तथा शिक्षक नवराज पौडेलले आत्महत्या दिवस मनाउनुको आवश्यकता माथि प्रकाश पार्दै जुरेसले यो दिवसलाई सम्झेर कार्यक्रम आयोजना गरेकोमा धन्यवाद समेत दिए । संसारभर हरेक वर्ष सेप्टेम्बर १० मा विश्व आत्महत्या विरुद्धको दिवस मनाउने गरिन्छ ।

Related posts

चौथो अधिवेशन सम्पन्न

admin

शिक्षक सेवा आयोगको नयाँ प्रयोग र शैक्षिक सुधार

admin

कांग्रेसको सुदृढीकरण

admin