28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

ग्याँस दुर्घटना सचेतिकरण कार्यशाला सम्पन्न

पाटन/वेनी पाटन टोल विकास संस्था व्यास–५ को आयोजनामा शनिबार पाटनमा ग्याँस दुर्घटना सचेतिकरण कार्यशाला सम्पन्न भएको छ ।

स्थानीय पराशर आधारभूत विद्यायको सभाकक्षमा आयोजित कार्यशालामा साहारा सेफ्टी डिभिजन प्रालि आँबुखैरेनी तनहुँका प्राविधिक केशव थापा र डिल्लीराम सुवेदीले सहभागीलाई ग्याँस दुर्घटनाबाट बच्ने उपाय बारे जानबारी गराएका थिए । सहजकर्ताद्वयले सहभागीलाई ग्याँस सिलिण्डरको आयु र अवस्था थाहा पाउने तरिका, दुर्घटना न्यूनिकरणका उपाय, भरपर्दाे रेगुलेटर र पाइप चिन्ने उपाय लगाएत विषयमा जानकारी गराएका थिए । ग्याँस दुर्घटनाबाट समय समयमा मानिसको ज्यान गइरहेको सन्दर्भमा सोको दुर्घटनाबाट आफु बच्ने र अरुलाई पनि बचाउने उपायबारे स्थानीय उपभोक्तालाई जानकारी गराउनृ उद्देश्यका साथ आयोजित कार्यशालामा सहभागीका घरघरमा गएर ग्याँस चुलो, रेगुलेटर, पाइप, तथा सिलिण्डर मर्मत सकेत गरिएको थियो ।

वेनीपाटन टोल विकास संस्थाका अध्यक्ष परशुराम गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा वेतिनी टोल विकास संस्थाका अध्यक्ष नरबहादुर रानाभाट, पराशर आविका प्रधानाध्यापक हेम पौडेल, बेनी पाटन टोल विकास संस्थाका पूर्व कोषाध्यक्ष सन्तकुमार श्रेष्ठ, जनचेतना आमा समूहकी अध्यक्ष कला पुन, पराशर आविका विव्यस अध्यक्ष उषा क्षेत्री तथा आशागुरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष बलबहादुर थापाले बोल्दै कार्यशाला उपयोगी भएको बताए । टोल विकास संस्थाका ६० व्यक्तिका सहभागिता रहेको कार्यशालाको सञ्चालन विष्णुकुमार श्रेष्ठले गरेका थिए । समापन पश्चात विद्यालयलाई साहारा सेफ्टीको तर्फबाट रेगुलेटर र पाइप प्रदान गरिएको थियो ।

Related posts

सत्यवतीमा सीप प्रशिक्षण

admin

बहुविवाहको पृष्ठभूमिमा घरेलुहिंसा

admin

शिक्षकको प्रतिष्ठा अझ गिराउने कि जोगाउने ?

admin