22.3 C
Damauli
October 5, 2026
Tanahun Awaj
Uncategorized

पन्थको ११ हजार सहयोग

दमौली/व्यास नगरपालिका–३ व्यास गुफा क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेको किरियापुत्री भवन निर्माणको लागि व्यास नगरपालिका–२ सिद्धार्थटोल निवासी हुमराज पन्थले ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका छन् ।

मङ्गबार भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्साललाई उक्त रकम हस्तान्तरण गदै पन्थले सामाजिक कार्यमा सहयोग गर्न पाउँदा खुशी लागेको बताए । समितिका अध्यक्ष लम्सालले किरियापुत्री भवनको निर्माण कार्य सम्पन्न गर्नका लागि समितिले सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेको बताए । हालसम्म सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । व्यास–३ स्थित व्यास गुफा क्षेत्रको पूर्वतर्फ ८ कोठे भवन निर्माण भइरहेको छ । आर्थिक सहयोग आउने क्रम जारी छ ।

Related posts

परीक्षार्थीलाई शुभकामना

admin

विज्ञापन

admin

१५ लाख लागतमा ब्रह्माकुमारी भवन निर्माण

admin