Tanahun Awaj
Uncategorized

भानुभक्तमा २०६ औं भानु जयन्ती

भादगाउँ आदिकवि भानुभक्त क्याम्पसलले आदिकवि भानुभक्तको २०६औं जन्म जयन्ती भानुभक्तीय रचना पाठ प्रतियोगिता सञ्चालन गरि मनाएको छ । क्याम्पसको नेपाली विभागको आयोजना तथा व्यासका अध्येता एवं साहितयकार काशीनाथ न्यौपानेको प्रमुख आतिथ्यमा आयोजित प्रतियोगितामा विभिन्न १५ विद्यालयका १९ प्रतियोगि सहभागी रहेका थिए । प्रमुख अतिथी न्यौपानेले रामायणको श्लोक वाचन गरेर उद्घाटन गरेको प्रतियोगितामा न्यू मनकामना वोर्डिङ स्कुलका छात्राहरुसविता अधिकारी,अनिशा थापा र निशा विक प्रथम भएका थिए । यसैगरी व्यास दिव्यज्योति बोर्डिङ स्कुलकी छात्रा प्रसुना श्रेष्ठ र रश्मि खाँड द्वितीय तथा सत्यवती माविकी छात्रा तेजस्विता काफ्ले तृतीय भएका थिए । मीन माविका रोज महरा र डमौली पब्लिक स्कुलका दिपेश पन्थले प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गरेका थिए ।

क्याम्पस नेपाली विभागका प्रमुख रामकुमार अधिकारीको अध्यक्षतामा आयोगित प्रतियोगितामा बोल्दै प्रमुख अतिथी न्यौपानेले पवित्र ग्रन्थ रामायणको इतिहास र भानुभक्तलाई आदिकवि भनिनुको कारणबारे प्रकाश पारेका थिए । आदिकवि भानुभक्त प्रति श्रद्धा राख्नेहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा क्याम्पस सञ्चालक समितीका अध्यक्ष रामचन्द्र बस्नेत, उपाध्यक्ष श्रीराम कार्की, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, जनज्याति क्याम्पस भीमादका प्रमुख केशवराज काफ्ले लगाएतले भानुभक्तको नेपाली भाषा र साहित्यको विकासमा रहेको योगदानको चर्चा गरेका थिए । विभिन्न साहित्यकारहरुले आ–आफ्नो रचना वाचन गरेको कार्यक्रमको सञ्चालन सहायक प्राध्यापक नारायणी अधिकारीले गरेकी थिइन ।

Related posts

काँग्रेस सिध्याउने र बचाउने बीच तनहुँमा रस्साकस्सी

admin

हर्षोल्लास साथ तमु ल्होसार मनाइयो

admin

ईद उल फित्रको शुभकामना-सम्पादकीय

admin