Tanahun Awaj
Uncategorized

जिविकोपार्जनका लागि बीस लाख अनुदान

दमौली/हंकं रेडक्रस र डेनिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस मार्फत तनहुँ रेडक्रसले भूकम्प प्रभावित अपांगता भएका व्यक्तिहरु लक्षित जिविकोपार्जनका लागि अनुदान प्रदान गरेको छ । साविक रिस्ति, सतिस्वाँरा, कोटदरबार र ऋषिंका लक्षित समूहलाई गत सुक्रबार र शनिवार वीस लाख अनुदान वितरण गरिएयो ।

कार्यक्रम अन्तर्गत विभिन्न पेशा व्यवसाय गरी जिविकोपार्जन गर्न प्रवाहित भएको पहिलो दश हजार उचित उपयोग गरेको व्यक्तिलाई दोस्रो दश हजार रुपयाँ वितरण गरिएको नेपाल रेडक्रस तनहुँ शाखाका सभापति कृष्णहरि वाग्लेले बताउनु भयो । अपांगता समावेशी कार्यक्रम अन्तर्गत बाख्रा, कुखुरा, बंगुर पालन तथा केरा खेती गर्नका लागि पहिलो किस्ता दश हजार प्रदान गरिएको थियो । उनिहरुको व्यवसायलाई थप स्तरोन्नती गर्नको लागि थप दश हजार अनुदान उपलब्ध गराईएको हो । कार्यक्रमको नियमित अनुगमन समेत हुनेछ ।

Related posts

व्यासका जनप्रतिनिधि गंभिर बनाै‌

admin

किरियापुत्री भवनलाई आर्थिक सहयोग जारी

admin

पहिलो दिनमा आयोजक उत्साहि

admin