18.6 C
Damauli
October 29, 2026
Tanahun Awaj
Uncategorized

कृषकलाई पशुपालन अभिमुखिकरण

गजौंडे/केन्द्रिय दुग्ध उत्पादक सहकारी संघले व्यास नगरपालिका ९ गजौंडेका पशुपालक किसानलाई एक दिने अभिमुखिकरण सम्पन्न गरेको छ ।

मंगलबार गजौंडेमा आयोजित अभिमुखिकरणमा दुग्ध उत्पादक कृषकहरुलाई विभिन्न विषयमा जानकारी गराईएको थियो । अभिमुखिकरण कार्यक्रममा प्रशिक्षकहरु लक्ष्मण ढकाल, अमरबहादुर कुँवर र मुक्ति पौडेलले पशुलाई घाँस तथा दाना र पानी दिने समय, पोषण युक्त घाँस तथा दाना, दूध बढाउने उपाय, दूधको गुणस्तर कायम गर्न अपनाउन सकिने उपाय लगाएत विषयमा जानकारी गराएका थिए ।

यसैगरी कार्यक्रममा पशुलाई रोगबाट बचाउने उपाय, गोठ व्यवस्थापनका बारेमा समेत जानकारी गराइएको थियो । उक्त अवसरमा पशुलाई कहिल्यै सिमेन्टेड गोठमा राख्न नहुने समेत जानकारी गराईएको थियो । पशुका लागि इट्टा ओछ्याइएको गोठ उपयुक्त हुने बताउँदै सिमेन्टेड गोठमा राख्दा घुँडाको समस्या आउने र पशुको आयु समेत घट्ने बताइएको थियो । स्थानीय ३१ दुग्ध उत्पादक किसानको सहभागिता रहेको अभिमुखिकरणमा सहभागी पुरुषोत्तम पौडेलले अभिमुखिकरण आफुहरुलाई उपयोगी भएको बताउँदै आगामि दिनहरुमा पनि यस्ता कार्यक्रमको अपेक्षा स्थानीय किसानले राखेको बताए । अर्का सहभागी सुनौालो नयाँ गोरेटो कृषि सहकारीका अध्यक्ष विष्णु अधिकारीले महत्वपूर्ण जानकारी सहित आएको केन्द्रिय सहकारी टिमलाई धन्यवाद दिए

Related posts

खाजा कार्यक्रमलाई सहयोग गर्न आग्रह

admin

गजल

admin

आजको आवश्यकता भ्रष्टाचार विरुद्ध सून्य सहनशिलता

admin