26.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

मानवतावादी जाँ हेनरी ड्युनाप्रति श्रद्धासुमन

विश्वका एकसय ९० देशमा हिजो मे ८ तारिखमा विश्व रेडक्रस दिवस मनाइयो । रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनलाई नै विश्व रेडक्रस दिवसको रुपमा मनाउने प्रचलन रहेको छ । इटालीको सल्फेरिनोमा भएको त्रिदेशिय युद्धका प्रत्यक्षदर्शी ड्युनाले युद्धका क्रममा घाइते भएका सैनिकको उद्धारका लागि स्थापना गरेको संस्था अहिले आएर संसारभर रेडक्रसका नामले चिनिने गरेको कुरा रेडक्रसप्रति सामान्य चासो राख्ने सबैलाई थाहा भएको कुरा हो ।

मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, एकता, एैच्छिक सेवा र विश्व व्यापकता जस्ता सात सिद्धान्त रहेको विश्वव्यापी संस्था रेडक्रसले विभिन्न समयमा मानव सेवामा पु–याएको योगदानको प्रशंसा हुने गरेको छ, जुन जायज पनि हो । नेपालकै सन्दर्भमा भुकम्पका बेला होस ् वा कुनै प्राकृतिक प्रकोपका बेला होस्, पिडित भएका ठाउँमा सबै भन्दा पहिले रेडक्रसका स्वयम् सेवीहरु पुग्ने गर्दछन् । नेपालकै सन्दर्भमा ब्लड बैंकको सञ्चालनको जिम्मा रेडक्रसले पाउनुले पनि यसको विश्वसनियता आंकलन गर्न सकिन्छ । यतिमात्र होइन, अपाङ्ताको क्षेत्रमा साथै सशस्त्र द्वन्दताका हराएका र वेपत्ता पारिएकाहरुको परिवारसम्म सुचनाको पहुँच पु¥याउने कार्यमा रेडक्रसको पहलकदम प्रशंसनिय छ ।

जाँ हेनरी ड्युनाले झण्डै डेढ शतक अगाडि देखेको, ‘निष्पक्ष र तटस्थ भएर स्वाधिनता पूर्वक अनि स्वयम्सेवी भावनाले विश्वव्यापी रुपमा मानव सेवा गर्ने’ सपनाको जालो अब विश्वव्यापी भएको छ । संसारका लाखौं युवा तथा बालबालिका र प्रौढ समेत ड्युनाको सपनाबाट प्रभावित भएर त्यो मार्गमा आफूलाई अग्रसर बनाएका छन् ।

आधुनिकताको प्रवेशसंगै मानिसमा सामान्य मानवियता समेत हराएको, तेरो र मेरोमा विभाजित भएको, स्वाधिनता गुमाएको बेला मानवताको पक्षमा, स्वधिनताको पक्षमा, एकताको मालामा विश्वका स्वयमं्सेवीलाई उन्न सफल ड्युना वास्तवमै सदा श्रद्धा र स्मरणिय व्यक्ति हुन् । स्मृति दिवस तथा विश्व रेडक्रस दिवसको अवसरमा सन् १८२८ मा स्वीजरल्याण्डको जेनेभा सहरमा जन्मेका मानवताका पुजारी ड्युनाप्रति श्रद्धासुमन ।

Related posts

जनताको प्राथमिकतामा खोप सरकारको प्राथमिकतामा भोट

admin

विरोध सभामा उपस्थितलाई कांग्रेसको धन्यवाद

admin

बन्नकै लागि मात्र नबनोस् प्रधानमन्त्री

admin